Photo of Milford Sound in New Zealand

काठमाडौं । नारायणघाट–मुग्लिङ्ग सडकमा यही माघ १३ गतेदेखि दिउँसोको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकको हाल स्तरोन्नतीको काम भइरहेको छ ।

नारायणघाट–मुग्लिङ्ग सडक आयोजनाकाअनुसार यही यही माघ १३ देखि अर्काे सूचना जारी नभएसम्मका लागि प्रत्येक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइने भएको छ ।

रातको समय सवारी सञ्चालनमा रोक लगाउँदै आएको आयोजनाले अब दिउँसो नै प्रतिबन्ध लगाउन आँटेको हो । उसकाअनुसार उक्त सडकमा रहेको पहाडको कटिङ कार्यसम्पन्न गरि यसै वर्षभित्र कालोपत्रेको काम पनि सक्ले लक्ष्य लिइएको छ । यस कारण दिउँसोको समयमा सवारी आवागमनमा रोक लगाइएको आयोजनाले जनाएको छ ।

The post भर्खरै आयो नारायणघाट–मुग्लिङ्ग सडकबाट यस्तो खबर appeared first on Taja nepali news.

http://ift.tt/2EXuk7n

from SHYANE http://ift.tt/2mWTlc7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top