Photo of Milford Sound in New Zealand

स्मार्ट बुहारी ,सासुको प्रिय बन्न चाहनु हुन्छ ? यी १० टिप्स अपनाउनुस

के म मेरो पति र परिवारलाई खुसी राख्न सक्छु ? अक्सर नव-दुलहीको मनमा उठ्ने प्रश्न हो यो। र, यो स्वभाविक पनि हो । जब बुहारी बनेर अर्को घरमा प्रवेश गरिन्छ, सबै कुरा नौला हुन्छन्। परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ। अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ।

परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ। कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन्। यसले परिवारमा कलह हुन्छ। तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन्।

घर आफ्नै हो

नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ। त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ। यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो। परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ। यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ।

कसरी जित्ने परिवारको मन ?

१. सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ।

२. परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न।

३. तपाईको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ। यदि तपाईको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौ । आखिर पति ले आफ्नो सम्पूर्ण जीवन तपाईसँग विताउने हो । पति को समस्या, भावना, जिम्मेवारीलाई बुझ्नुहोस्।

४. यदि तपाई पति सँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केहि न केहि कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईको समर्पण कति छ भन्ने कुरा देखाउँछ ।

५. एउटै छानोमुनी बसेपछि कहिले कहि ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।

६. घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् ।

७. यदि तपाई खाना बनाउन सिपालु हुनुहुन्छ भने, यहि माध्यामबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाई, सजावटमा पनि तपाईको कला देखाउनुहोस् ।

८. पहिरन सजिलो र छरितो लगाउनुपर्छ । यद्यपी बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाई पनि आफुलाई फेसनेवल देखाउन सक्नुहुनेछ । यद्यपी त्यो भड्किलो र नसुहाउने हुनुहुँदैन । यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईलाई शालिन, शुसिल देखियोस् ।

९. घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस् । आफ्नो कर्तव्य पुरा गर्नुहोस् । सहि समयमा खाना पकाउने, ख्वाउने गर्नुहोस् ।

१०. सकारात्मक माहौल बनाउनुहोस् । सधै खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।

The post स्मार्ट बुहारी ,सासुको प्रिय बन्न चाहनु हुन्छ ? यी १० टिप्स अपनाउनुस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rC9qsx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top