Photo of Milford Sound in New Zealand

बलिउडका फिल्म निर्देशक, निर्माता तथा नायक सलमान खानका भाइ एवं अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् ।

अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ ।

यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।

कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।

The post काठमाडौं आईपुगे बलिउड अभिनेता सोहेल खान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Duu6Yg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top