Photo of Milford Sound in New Zealand

रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिका वडा ११ सालझन्डीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र बन्ने भएको छ। १ करोड १० लाखको लगानीमा उक्त केन्द्र बन्न लागेको हो।

सालझन्डीका स्थानीयहरुको पहलमा रकम संकलन तथा सबैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट अस्पतालको भवन निमार्ण कार्य सुरु भएको छ।

भवन निमार्णका लागि सालझन्डीको महायज्ञबाट ६८ लाख, सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउँपालिकाबाट, ५ लाख र गैडबवा गाउँपालिकाबाट २ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी अस्पतालको भवन बनाउन सुरु भएको सैनामैना नगरपालिका ११ का वडाध्यक्ष सुनिल मरासिनीले बताए।

प्रदेश ५ का अन्य जिल्लामा सर्पदंशको उपचार केन्द्र नभएकाले यस क्षेत्रका बिरामी लाभान्वित हुने सैनामैनामैना नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाल भन्डारीले बताए।चन्द्रकान्त खनाल,स्वास्थ्यखबर

The post रुपन्देही : सालझन्डीका स्थानीयहरुका लागि आयो खुशीको खबर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2G1ujk8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top