Photo of Milford Sound in New Zealand

नायक अनमोल केसीले बलिउड फिल्म खेल्नका लागि आफुलाई प्रस्तावहरु आइरहेको बताएका छन् । डिसी नेपालसँगको कुराकानीमा अनमोलले आफुलाई बलिउडमा फिल्म खेल्न अफर आइरहेको बताएका छन् ।

उनले आफुलाई ३/४ ओटा फिल्मबाट अफर आएको प्रतिक्रिया दिएका छन् । तर आफु बलिउड जाँदा नेपाली फिल्मलाई नोक्सान हुने प्रतिक्रिया दिएका छन् ।

उनले नेपाली फिल्म उद्योगको विकासका लागि आफुमा जिम्मेवारी रहेको पनि बताए । साथै बलिउड जाने आफ्नो दिर्घकालीन सोचलाई भने नकारेका छैनन् । उनले भनेका छन्–’पहिले नेपाली फिल्म उद्योगका लागि केहि गरौँ । त्यसपछि राम्रो अफर आयो भने जानेछु ।’

उनले बलिउडबाट फिल्म खेल्ने अफर आए पनि स्क्रिप्ट मन नपरेको बताएका छन् । अन्र्तवार्तामा बताए अनुशार अनमोल नेपालीलाई गर्व हुने किसिमको स्क्रिप्ट खोजीरहेका छन् रे ।

अब कस्तो स्क्रिप्टले नेपालीरुलाई गर्व महशुस हुन्छ ? त्यो उनलै जानुनन् । तर उनको भनाई अनुशार बलिउबाट अफर भने आएकै छ । अनमोलको फिल्म ‘कृ’ करिब २ वर्ष पछि माघ २६ गते देखि रिलिज हुँदैछ ।

The post अनमोल केसी भन्छन्- ‘म बलिउड गएँ भने नेपाली फिल्म डुब्छ’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DBgyXS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top