Photo of Milford Sound in New Zealand

दाङमा भयानक माइक्रोबस दुर्घटना, दुर्घटनामा ठूलाे मानवीय क्षती… । दाङ, माघ १ – दाङको तुलसीपुर घोराही सडक खण्डमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर ३ निवासी ज्ञानबहादुर गिरी रहेको प्रहरीले जनाएकाे छ ।

घाईतेको राप्ती अंचल अस्पतालमा उपचार भैरहेको छ । घाईते हुनेहरुमा तुलसीपुर भद्रपुर निवासी देवी श्रेष्ठ ,मानपुर १४ का देवी महरा र सन्तोष चौँधरी , नारायणपुर १० निवासी धर्मा पोख्रेल , घोराहि ७ की सीता ढकाल र उनकी ५ वर्षीया छोरी मीनुका ढकाल , घोराही ६ का प्रशंग आचार्य , घोराही १६ का अमर डाँगी , घोराही १७ की यमूना रेग्मी र उनकी ३ वर्षीया छोरी संयोग रेग्मी , प्युठान थापलीकी आशा जिएम घाईते भएका छन ।

घाइते मध्ये घोराही ७ निवासी प्रशंगको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरीएको छ । माइक्रो बसका चालक फरार रहेका छन् ।

The post दाङमा भयानक माइक्रोबस दुर्घटना, दुर्घटनामा ठूलाे मानवीय क्षती… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dhtvd5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top