Photo of Milford Sound in New Zealand

काठमाडौं, केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे । तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् । प्रहरी प्रमुख हुन नदिएपछि मुद्दा लडेका तत्कालीन डीआईजी नवराज सिलवालकी पत्नी र छोरीहरूलाई मात्र होइन, घरमा काम गर्ने सहयोगीलाई समेत प्रहरीले आतंकित बनाएको पारिवारिक स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार गत पुस २८ गते शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्दा नवराज सिलवालकी पत्नी सिर्जना र दुई छोरीलाई एयरपोर्टमा सादा पोसाकका प्रहरीले नवराजका सम्बन्धमा विभिन्न प्रश्न गर्दै उनीहरू देशबाहिर जान नपाउने भनी आतंकित बनाएका थिए । कतार एयरवेजको दिउँसो ४ः४० बजेको उडानबाट अमेरिका जान लागेका उनीहरूलाई अध्यागमनभित्र पुगेपछि सादा पोसाकका प्रहरीले अमेरिका किन जान लागेको ? नवराज सिलवाल कहाँ छन् भनी प्रश्न गरेका थिए ।

आफ्ना बाबु कहाँ छन् भन्ने आफूहरूलाई थाहा नभएको छोरीहरूले बताएपछि उनीहरूलाई बाबुको बारेमा जानकारी नदिई विदेश जान नपाइने भन्दै धम्क्याइएको थियो । प्रहरीको धम्कीबाट दुवै छोरी रोएको र पत्नी सिर्जनाले ‘हामी यो देशका नागरिक हौँ, हामीलाई दुःख नदिनुस्, नागरिक भएका कारण कुनै पनि देशमा जाने र आफ्नो देश फर्किएर आउने अधिकार हामीलाई छ’ भनेकी थिइन् ।

प्रहरीले रोकेपछि जहाजले उडानको उद्घोष गरिसक्दासमेत उनीहरू अघि बढ्न सकेका थिएनन् । कतार एयरवेजका स्टाफहरू खोज्दै आएपछि के भएको हो भनी एयरपोर्टमै कार्यरत नेपाली सेनाका अधिकारीले बुझेपछि ती प्रहरीलाई तपाईंहरूसँग उहाँहरूलाई बाहिर जान नदिनका लागि पुर्जी छ भनी सोधेका थिए । ‘छैन’ भन्ने जवाफ पाएपछि उहाँहरूलाई रोक्न मिल्दैन भन्दै जहाजतर्फ पठाइएको थियो ।

अमेरिका जानुअघि घरमा पटकपटक प्रहरी आएर नवराजका बारेमा सोधपुछ गर्दा छोरीहरू आतंकित भएको बुझिएको छ । गोदावरी र बालकुमारीमा रहेको उनीहरूको घरमा मात्र होइन, उनीहरूका मिल्ने साथी तथा आफन्तका घरमा समेत प्रहरीले दुःख दिएको उनका आफन्तहरूले बताएका छन् ।

पटकपटक घरमा खोजतलास गर्ने क्रममा घरको काममा सहयोग गर्दै आएकी मीना नामकी सहयोगीलाई समेत धम्क्याएपछि उनी काममा आउन छोडेकी छिन् । बारम्बार प्रहरीले धम्क्याउन थालेपछि छोरीहरू प्रहरी देख्नेबित्तिकै तर्सन थालेका थिए ।

बाबुका कारण नेपाल प्रहरीप्रति गर्व गर्ने छोरीहरू प्रहरी देख्दा आत्तिन थालेको उनका छिमेकी र आफन्तहरूले बताएका छन् । सानी छोरी प्रहरी देख्दा काप्ने र ठूली छोरी आत्तिने गरेका थिए । ठूली छोरी कलेजका लागि अमेरिकामा जान लागेकी भए पनि पत्नी सिर्जना र सानी छोरी जाने योजनामा थिएनन्, तर प्रहरीले मानसिक तनाव दिएपछि उनीहरू घर छोडेर हिँडेको बताइएको छ । ठूली छोरीको कलेज बन्दोबस्तपछि सिर्जना र सानो छोरी फर्कने बुझिएको छ ।

बढुवाका सिलसिलामा किर्ते कागजको मुद्दामा प्रहरीबाट व्यापक खोजी गरिएका पूर्वडीआईजी तथा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवालका दुई छोरी छन् । टेलिभिजनमा समाचार प्रस्तोता र मोडलसमेत रहिसकेकी पूर्वमोडल उनकी पत्नी सिर्जना शिक्षा क्षेत्रकी पेसाकर्मी हुन् । घटना र विचार साप्ताहिकबाट

The post प्रहरी देखेर एयरपोर्टमै किन रोए नवराज सिलवालकी छोरीहरु ? – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DB7Dtt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top