Photo of Milford Sound in New Zealand

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, माघ ५ – रोजगारीका लागि युएई आएका एक नेपालीको डेढ महिनामै ज्यान गएको छ । बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिनुभएको हो ।

अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना अघि मात्रै युएई आउनु भएको थियो । उहाँ प्राइभेट सेक्युरिटी बिजनेस् डिपार्टमेन्ट (पिएसबिडी) परीक्षाको तयारी गर्दै हुनुहुन्थ्यो ।

उहाँको शव आबुधावीको खालिफा अस्पतालमा राखिएको छ । उहाँका श्रीमती र एक छोरा छन् । दुई महिना अघि पनि सोही कम्पनीमा कार्यरत चितवनको मेघौलीका भरत घिमिरेको युएई आएको ६ महिनामै ज्यान गएको थियो । उज्यालो

The post युएई आएको डेढ महिनामै ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mUnetG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top