Photo of Milford Sound in New Zealand

६ महिनाकी एक बालिकाले आफ्नै आँखाअगाडि आफ्ना आमाबुवा, दाजु र घरेलु कामदारसमेतको भयानक मृत्यु देखिन् । यस्तो विभत्स घटनाबाट ती बालिका एक्लै बाँचेकी छिन् । बाँकी परिवारका सबै सदस्यको मृत्यु भएको छ । घटनामा ज्यान गुमाएकी घरेलु कामदारको काखले ती बालिकाको ज्यान बचाएको छ । भारतको चण्डीगढमा लुधियाना फिरोजपुर सडकमा भएको यो भयानक दुर्घटनामा बचेकी ती बालिकालाई भने सामान्य चोट पनि लागेको छैन ।

कारमा सवार यो परिवारको कार अगाडिबाट आइरहेको ट्रक्सँग ठोक्किएपछि भयानक दुर्घटना भएको थियो । दुर्घटनामा बालिकाका पिता वकिल सुदर्शन पुंची, उनकी श्रीमती सीमा, साढे ३ वर्षका छोरा ध्रुवको घटनास्थलमै मृत्यु भयो । उनको घरमा घरेलु कामदारको रुपमा रहेकी काजल गम्भीर घाइते भएकोमा उनको अस्पतालमा ज्यान गयो । तर उनै काजलको काखले ६ महिनाकी बालिका ध्वनीलाई कुनै चोट नलागी बचाएको छ ।

वकिल सुरर्शन आफन्त अशोक कुमारको अन्तिम संस्कारमा सहभागी हुन सपरिवार चण्डीगढबाट फरिदकोट जाँदै थिए । अचानक सडकमा ट्रकसँग टक्कर हुँदा अगाडिको सिटमा बसेका पतिपत्नी र छोराको घटनास्थलमै ज्यान गयो । बिहीबार बिहान भएको घटनामा गम्भीर रुपमा घाइते भएकी घरेलु कामदार काजललाई उपचारको लागि अस्पताल ल्याइयो । अस्पतालमा काजलको ज्यान गएपछि ६ महिनाकी बालिका ध्वनी रुन थालिन् ।

त्यही दिन अस्पतालमा छोरा जन्माएकी सुत्केरी महिला चंचल रानीले ती बालिकालाई आफ्नो दूध पिलाएकी थिइन् । सुरुमा अस्पतालमा रहेका नर्सहरुले बालिकालाई बोतलको दूध दिएका थिए तर बासलकाले बोतलको दूध पिउन नमानेपछि ती महिलाले आफ्नै दूध पिलाएकी थिइन् । dcnepal

The post ६ महिनाकी बालिकाको अगाडि पूरै परिवार सखाप, एउटै चोट नलागी यसरी बचिन् एक्ली बालिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D4dbwj
via IFTTT
12 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top