Photo of Milford Sound in New Zealand

रौतहट – धेरै मान्छेका सपना सपनामै सीमित हुन्छन् तर रौतहटको चन्द्रपुर नगरपालिका– ८ सन्तपुर दलित बस्तीका वासिन्दाहरूले भने सपनामा पनि नसोचेको कुरा विपनामा पाउने भएका छन्।

उनीहरूका लागि कलाकार धुर्मुस–सुन्तलीले पक्की घर बनाइदिँदै छन्, जुन उनीहरूले सोचेका पनि थिएनन्। सपनामा पनि पक्की घरमा बस्ने नसोचेका सन्तपुरका दलित बस्तीका वासिन्दा आउँदो माघ २४ गतेदेखि विपनामै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ। सधैँ ज्यालादारी परिश्रमबाट बिहान बेलुका छाक टार्ने यस दलित बस्तीका वासिन्दालाई सुविधासम्पन्न घर बनाइदिने जिम्मा कलाकारद्वय सीताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली)ले लिएपछि उनीहरू खुसी छन्।

रौतहटको चन्द्रपुर नगरपालिका– ८ को सन्तपुरमा धुर्मुस–सुन्तली फाउण्डेसनले चौथो परियोजनाअन्तर्गत बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको काम तीब्र गतिमा बढाइरहेको छ। गत असोज ४ गतेदेखि सुरु भएको उक्त परियोजना माघको २४ गते हस्तान्तरण हुने लक्ष्यका साथ अन्तिम चरणको काम भइरहेको बताइएको छ। बस्ती निर्माणमा हास्य कलाकार ‘धुर्मुस‘ र ‘सुन्तली’ जुटेका छन्।

चन्द्रपुर नगरपालिका– ८ का ४७ घर बाढीपीडित परिवारका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले नमुना एकीकृत बस्ती बनाउन थालेको हो। पक्की घरमा बसिन्छ भनेर कल्पनासमेत नगरेका यस बस्तीका वासिन्दाहरू यतिखेर बस्ती निर्माणसँगै निकै उत्साहित बनेका छन्। नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको फाउण्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए। माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुुर्मुसको भनाइ छ।

पाँच करोड ९५ लाख रुपैयाँ लागत अनुमानित गरिए पनि दुई करोड रुपैयाँ अपुग रहेको र सो रकम संकलन हुनेमा उनी विश्वस्त छन्। दुवै हास्य कलाकारले साउदी अरब र अष्ट्रेलियामा कार्यक्रम गरेर संकलित रकम बस्ती निर्माणका लागि खर्च गरे पनि अझै अपुग हुने भएको हो। बस्तीमै पुगेर सहयोगीहरूले अहिले पनि सहयोग गरिरहेकाले निर्धारित मितिसम्म रकम पुग्नेमा आफू विश्वस्त रहेको कलकार धुर्मुसले बताए। तर केही दिनयता चिसो बढेकाले बस्ती निर्माणको काम गर्न असहज भए पनि हस्तान्तरणको मिति नजिकिएकाले तीब्र गतिमा काम भइरहेको उनले जानकारी दिए।

बस्ती बनाउन २६१ कामदार खटिएका छन्। हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेका छन् भने छानामा जस्तापाता हाल्ने काम पनि सकिएकोे छ। अहिले भ्यू टावर र मन्दिरबाहेकका अरू संरचनाहरू सबै अन्तिम चरणमा पुगेको उनले बताए। बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका कामहरू बाँही रहेको र १० दिन अगावै बस्ती निर्माण पूरा हुने जनाइएको छ। बस्तिमा एउटा बालउद्यान, एउटा भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगमैत्री, बालमैत्री, वातावरणमैत्री संरचना रहनेछन्। आफ्नो जन्मदिनको अवसर पारेर गत असोज ४ गते शिलान्यास गरिएको भए पनि असोज २८ गतेबाट काम सुरु गरेको फाउण्डेसनले माघ २४ गते बाढीपीडित दलित परिवारलाई सुविधासम्पन्न घर हस्तान्तरण गर्ने लगभग निश्चित भएको छ। धुर्मुसले भने, ‘माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्देश्यका साथ काम अघि बढाए पनि अझै धेरै सहयोग संकलन हुन बाँकी रहेको छ। सहयोगको अपेक्षा पनि गरेको छु।’

फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले दिएको जानकारी अनुसार उक्त एकीकृत बस्तीमा एउटा घरको लागत १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने बस्तीमा दुई तले घर निर्माण हुनेछन्। एउटा घर लगभग साढे ३ धुर जग्गामा निर्माण हुनेछ। घर पूर्ण रूपमा भूकम्पप्रतिरोधी, बालमैत्री, अपांगमैत्री र वातावरणमैत्री हुने जनाइएको छ। अहिले १२ कठ्ठा क्षेत्रफल भएको बस्ती निर्माणमा दैनिक २५० जना भन्दा बढी कामदारहरू दिनरात काम गरिरहेका छन्। आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका दलित समुदायका लागि धुर्मुस र सुन्तली भगवान बनेर आएका स्थानीयले बताएका छन्।

दलित बस्तीमा वर्षौं पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४७ घर दलित परिवारले माघ २४ गते पछाडिदेखि सुविधायुक्त घरमा बस्न पाउने भएका हुन्। गरिबलाई सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस–सुन्तली मानिस नभएर भगवान् नै भएको बस्तीका शैलेन्द्र माझी मुसहरले बताए। जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारले घर पाउनेछन्। नमुना बस्ती बनाउनका लागि जमिन, बाटोलगायत सबै पूर्वाधार भएकाले सन्तपुरको दलित बस्ती नै छनोट गरिएको धुर्मुसले बताए। अहिले धुर्मुस–सुन्तलीको सम्पूर्ण ध्यान सन्तपुर नमुना बस्तीलाई सम्पन्न गरी समुदायलाई हस्तान्तरण गर्ने भन्नेमा मात्र रहेको कलाकार कुन्जना घिमिरेले बताइन्। ज्यान अन्य ठाउँमा भए पनि मन भने सन्तपुरको बस्तीमै भएको उनको भनाइ छ।

हिजोआज कलाकारद्वय धुर्मुस–सुन्तली तराईका विभिन्न जिल्लामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न व्यस्त छन्। जनताले आफूलाई सहयोग गर्छन् भनेर जिताएका जनप्रतिनिधिले कुनै काम नगरिरहेको अवस्थामा कलाकारद्वय धुर्मुस र सुन्तली बारा, महोत्तरी, सर्लाही, धनुषालगायतका तराईका जिल्लाहरूमा सिरक, ब्ल्याङ्केट, न्यानो कपडा बाँड्दै हिँडेका छन्। globalpatrika बाट

The post यस्तो चिटिक्कको घर सुम्पँदै धुर्मुस–सुन्तलीले सन्तपुर बस्तीका वासिन्दालाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CP1eXP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top