Photo of Milford Sound in New Zealand

पुस १८, बुटवल । सरकारले ७ वटै प्रदेशका राजधानी तोक्ने गरी मुकामहरुको खाका तयार पारेको छ । यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशका राजधानीको खाका तयार गरिसकेको छ ।

भौतिक पूर्वाधारलाई मुख्य आधार बनाएर ७ वटै प्रदेशको राजधानी तोक्ने तयारी भइरहेको छ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा तोक्ने तयारी गरेको छ । तर बुटवलबासी भने दाङ राजधानी तोक्ने निर्णयले आक्रोशित बनेका छन् ।

बुटवलका राजनीतिक दलदेखि अन्य सामाजिक संघ संस्थाले कुनै पनि हालतमा दाङलाई प्रदेश राजधानी स्वीकार गर्न नसकिने भनेका छन् ।

लोकान्तरसँगको कुराकानीमा बुटवलका राजनीतिकर्मीले दाङलाई प्रदेश राजधानी तोक्ने सरकारको तयारीबारे यसो भने,
तेजेन्द्र केसी: नेकपा एमाले, रुपन्देही जिल्ला प्रचार विभाग प्रमुख

सरकारले पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्ने निर्णयका विरूद्ध एमाले संशक्त जनदबाबमा सृजना गर्नेछ । हामी बुटवल/रूपन्देहीलाई नैं राजधानी बनाएर छाडछौं ।

बुटवल राजधानी हुनुपर्छ भन्दै बहुमत प्रदेश सांसद छन् । तिनीहरू मार्फत नै हामी बुटवल अहिले अस्थायी राजधानी दाङ तोके पनि स्थायी राजधानी बुटवल नैं बनाउछौं ।

देउवा सरकारले हचुवाका भरमा प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेको हाम्रो ठहर छ । पूर्वाधारका हिसाबले ५ नम्बर प्रदेश राजधानी रूपन्देही बाहेक अन्यत्र हुन सक्दैन ।
युवराज गिरी: नेपाली कांग्रेस, महासमिति सदस्य

प्रदेश नम्बर ५ को राजधानी कांग्रेसलाई मान्य हुन सक्दैन । सरकारले कुन हिसावले घोषणा गर्ने तयारी गरेको छ, त्यो रूपन्देहीका कांग्रेस नेता÷कार्यकताले स्वीकार गर्न सक्दैनन । यसबारे हामी एक÷दुई दिनमै पाटीको बैठक बसेर संघर्षका कार्यक्रम घोषणा गर्नेछौं ।
रामप्रसाद बञ्जाडे ‘टंकमणि’: नेकपा माओवादी केन्द्र, पोलिटव्यूरो सदस्य

यो सरकारले अस्थायी राजधानी दाङलाई तोकेर केही फरक पर्दैन । मुख्य कुरा त प्रदेश सांसद कहाँ हुनुपर्छ भन्ने बढी छन ।

त्यहीले निर्धारण गर्ने कुरा हो । बुटवल राजधानी हुनुपर्छ भन्ने बहुमत प्रदेश सांसद भएकोले अहिले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले अस्थायी मुकाम तोक्दैमा केही फरक पर्दैन । स्थायी राजधानी बुटवल नैं हुन्छ । -प्रकाश आचार्य/लोकान्तरबाट

The post प्रदेश ५ को राजधानी दाङ तोकिएपछि बुटवलबाट आयो यस्तो खतरनाक चेतावनी, अब के होला स्थिति ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CcMBwq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top