Photo of Milford Sound in New Zealand

काठमाडौं, २० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने हप्ताभित्रै एमाले र माओवादी केन्द्रवीच पार्टी एकताबारे ठोस निर्णय लिएर चमत्कार गर्ने तयारी गरेका छन् ।

अस्वस्थ भएकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नसकेपछि राजनीतिक बजारमा विभिन्न शंका तथा उपशंकाहरु उब्जिएका बेला ओलीले आउने हप्ताभित्तै चमत्कारिक निर्णय लिने स्रोतको दाबी छ । ओली र प्रचण्डवीचको भेटवार्ता केही दिन लम्बिएपनि स्वस्थ भएपछि ओलीले पार्टी एकताबारे निर्णय लिने मनशाय बनाएका छन् । ओली निकट नेताहरुले दिएको जानकारी अनुसार एकता प्रक्रियालाई अब धेरै लम्ब्याउन नहुने पक्षमा ओली पुगेका छन् ।

जनताले एकताको लागि नै वाम गठबन्धनको पक्षमा मत दिएको भन्दै यसलाई सार्थकता दिनको लागि पनि अब आफूले गम्भिर भूमिका निर्वाह गर्ने र त्यसको लागि अध्यक्ष प्रचण्डलाई दिने मनस्थिति ओलीले बनाएका छन् ।

उनले आफू प्रधानमन्त्री बन्ने र एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई दिने, र बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने अन्तिम तयारी गरिसकेका छन् । त्यस्तै उनले एकतापछि शीर्ष नेताहरुलाई पनि उचित व्यवस्थापन गर्ने भन्दै सोही अनुसार अलर्ट भएर बस्न आफू निकट नेताहरुलाई निर्देशन दिएका छन् ।

उनले अब पार्टी बनाउने र देश बनाउने आफुहरको काँधमा नयाँ जिम्मेवारी आएकोले नेताको व्यवस्थापनमा भन्दापनि देशको व्यवस्थापनमा लाग्नुपर्ने बताउँदै आएका छन् । त्यस्तै उनले उपराष्टपतिमा अहिलेकै उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने र सभामुखमा ओनसरी घर्तीमगर वा पूर्व सभामुख सुवास नेम्बाङलाई बनाउने एमालेको तयारी छ ।
-रिपोर्टर्सनेपाल

The post ओलीले आउने हप्तामा अर्को चमत्कार गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CpwrQA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top