Photo of Milford Sound in New Zealand

काठमाडौ-उमेरले भर्खर २२ बर्षमा टेकेकी एउटी उर्जाशिल युवतीको निधन महिनाबारी भएर बस्नका लागि तयार गरिएको छाउगोठमा हुन्छ । भर्खर बिहे गरेर घरजम गरेकी उनको सोमबार छाउगोठमा मृत्यू भएको हो ।केही बर्ष पहिले माइतीगाउँ छाउपडी गोठमुक्त बनाउने अभियानमा सक्रिय भएर लागेकी अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी गौरी बुढाको गाउगोठमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकोवडा अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए ।कालिकेश्वोरी माध्यमिक विधालय तुर्माखादमा कक्षा ११ मा अध्यनरत गौरीको एक बर्ष पहिले नेपाल प्रहरीमा कार्यरत गाउँकै विरेन्द्र बुढासंग बिहे भएको थियो ।

श्रीमानकै घरमा बसीरहेकी गौरी महिनाबारी भएपछि बस्नको लागि घरभन्दा केही टाढा रहेका छाउपडी गोठमा गएकी थिइन् । महिनाबारी भएको चौथो दिनमा उनको मृत्यु भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । समाज परिवर्तनका लागि अग्रसर भएर भुमिका निर्वाह गर्ने गौरी आफैलाई पनि लागेको थिएन होला आफ्नै ज्यान छाउगोठमा जान्छ ।

तर उनले छाउगोठमै प्राण त्यागिसकिन् । उनी जस्ता धेरै किशोरीहरुको महिनावारी भएको बेला छाउगोठमा ज्यान गइहेको छ ।झ्याल नभएको साँघुरो गोठमा आगो बालेर सुत्दा निसासिएर उनको मृत्यु भएको स्थानीयले बताएका छन् । शरीरमा कुनै चोटपटक नदेखिएकाले उनको मृत्यु निस्सासिएकै कारणले भएको तुर्माखाँद गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष पदमबहादुर बीसीले बताए ।

‘शरीरमा कुनै चोट छैन । कसैले कर्तव्य गरेको जस्तो पनि देखिँदैन,’ उनले भने, ‘मृत्युको अरू कुनै कारण छ जस्तो लाग्दैन । निसासिएरै ज्यान गएको हो भन्ने लाग्छ ।’ महिनावारी भएको चौथो दिन उनको मृत्यु भएको हो ।घरनजिकैको गोठमा सुतेकी बुढा बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी परिवारका सदस्यले बताएका छन् ।

घटनापछि साबिक भैरवस्थान–९ स्थित बुढाको घरमा पुगेर घटनाको अनुसन्धान गरिएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।‘मृतकको शरीरमा कुनै चोट छैन,’ उनले भने, ‘घटनास्थलको अध्ययन गर्‍यौँ, अब पोस्टमार्टम हुन बाँकी छ ।’ डिएसपी न्यौपानेले पनि निसासिएरै बुढाको मृत्यु भएको हुन सक्ने बताए ।

मृतक बुढाको शव पोस्टमार्टमका लागि मंगलबार मात्र सदरमुकाम लगिने प्रहरीले जनाएको छ । योसँगै अछाममा छाउगोठमा ज्यान मुमाउनेको संख्या १२ पुगेको छ । दश वर्षयताको तथ्यांकअनुसार छाउगोठमा निसासिएर र आगोले जलेर १२ जनाको मृत्यु भएको तथ्यांक छ ।

महिला किन बस्छन् गोठमा ? महिनावारी नबारे देवी–देवताले अनिष्ट गर्ने अन्धविश्वास नै महिलाहरू छाउगोठमा बस्नुको पहिलो कारण हो । महिनावारी हुँदा घरमा बसे आगलागी हुने, जनधनको क्षति हुने र जीवनमा कुनै पनि काम सफल नहुने अन्धविश्वासकै कारण अछामका महिलाहरू छाउगोठमा बस्ने गर्छन् । यहाँका धेरै महिला अहिले पनि निरन्तर छाउ बार्दै आएका छन् ।

‘महिनाको सात दिन साँघुरो छाउगोठमा बस्नैपर्छ, निकै सकस हुन्छ’ स्थानीय रंगा नेपालीले भनिन् । महिनावारी हुँदा छाउघरमै बसे परिवारका बुढापाका सदस्यले नमान्ने अधिकारकर्मी बिन्दु रावलको भनाइ छ ।

उनले भनिन्, ‘छाउ भएकी महिलालाई घरमा बस्न दिन हाम्रो मनैले मान्दैन । मिल्दै नमिल्ने कुरा जबर्जस्ती गरेर हुन्छ रु भन्दै बुढापाका विरोध गर्छन्, परिवारमा किन विद्रोह गर्नु भनेरै पढेलेखेका महिला पनि छाउगोठमा बस्ने गर्छन् ।’

स्रोत : नारी खबर

The post यो जोडी! छाउपडीमा बसेकै कारण यो संसार छाडेर गईन गौरीले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2COv2Dr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top