Photo of Milford Sound in New Zealand

अष्ट्रेलिया – लामो समयदेखि अष्ट्रेलियाको ब्रिसबेनमा रहेर पनि आफ्नो मोडलिङ र अभिनयमा सक्रिय भएका राजु कानले एक म्युजिक भिडियो निर्देशन गरेका छन् । ‘शाहारा’ एल्बममा समावेश गरिएको शशान कंडेलको स्वर, शब्द र संगीत रहेको “जानेभए जाऊ” बोलको गीतको भिडियो उनले निर्देशन गरेका हुन् । यो म्युजिक भिडियो हालै यु ट्युव मार्फत रिलिज गरिएको छ ।

अस्ट्रेलियामा खिचिएको म्युजिक भिडियोमा मोडलहरू भानु, प्रतिभा र दिनेशसंगै विदेशी मोडल एमीको अभिनय हेर्न सकिन्छ ।
राजु जस्तै मोडल दिनेश कार्की पनि लामो समयदेखि मोडलिङमा आवद्ध छन् । आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेका कार्की पांच बर्षको बेलायत बसाईको व्रmममा गायक यश वmुमारको भिडियो लगायत एन.एच.एस नेश्नल हेल्थ सर्भिसको स्वास्थ्य सम्बन्धि विज्ञापनमा काम गरिसकेका छन् ।

गायक शशानको लिप्सिङ्ग पार्टमात्र नेपालमा खिचिएको छ । चितवनको लंकुमा जन्मेका राजुले यसभन्दा अघि दर्जन भन्दा बढी भिडियो अभिनयको अनुभव संगालेका छन् । सोही अनुभवको आधारमा उनले पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन ।
अस्ट्रेलियामा छायांकन गरिएको भिडियोलाई वृmष्ण सुवेदी र सुदिप विष्टले खिचेका हुन् । केही समयअघि मात्र अष्ट्रेलिया पुगेका छायांकार सुवेदी लामो समयदेखि बेलायतमा थिए । बेलायतमा समेत भिडियो निर्माण एवं विभिन्न संचार माध्यममा आवद्ध सुवेदी अष्ट्रेलिया पुगेर सोही काममा सक्रिय रहेका छन् ।

The post प्रेमीकाले आफ्ना प्रेमीलाई अर्की युवतीसँग बेडमा यस्तो अवस्थामा देखेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzWePk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top