Photo of Milford Sound in New Zealand

काठमाडौैं। काठमाडौँको बल्खुमा मन्दिरमा बोलाएर महिलाको हत्या गरिएको छ ।

काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिरमा नुवाकोट घर भएकी अप्सरा तामाङको हत्या भएको हो ।

अन्दाजी ४० बर्षीया तामाङलाई टाउकोमा ढुंगाले हानेर हत्या गरिएको अबस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीप क्षत्रीले जानकारी दिए । घटना आइतबार दिउँसोको हो । एक व्यक्तिले मन्दिरमा कुरा गर्न बोलाएर उनको हत्या गरेको प्रहरीको अनुमान छ ।

घटनास्थलमा भेटिएको मोबाइलका आधारमा प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ। काठमाडौँमा ज्यामी काम गर्दै आएकी तामाङ श्रीमानसँग छुट्टिएर बस्दै आएकी थिइन् ।

The post काठमाडौंको बल्खुमा मन्दिरमा बोलाएर महिलाको हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FIfPFu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top