Photo of Milford Sound in New Zealand

काठमाडौं । थानकोटबाट कलंकीतर्फ गुडेको स्कुटीमा पछाडि सवार एकजना यात्रु कलंकी चोक नजिकै स्कुटीबाट बीच सडकमै खसे। स्कुटी चालकले धन्न नियन्त्रण गुमाएनन् र अन्य सावरीले पनि स्कुटी चालक र खसेका ती यात्रुलाई कुनै हानि गरेनन्।

सडकमा खसेका ती व्यक्तिको छेउमा तुरून्तै ट्राफिक प्रहरी पुगका थिए। मोटरसाइकलमा आएक अर्का एक प्रहरी पनि तत्क्षण त्यहाँ पुगेका थिए।

स्कुटी चालकले ढलेका ती साथीलाई ब्युँझाउन प्रयास गरे। त्यहाँ छेउमा उभिएका प्रहरी र अन्य सबै रमिते बने। ढलेका ती व्यक्तिलाई निकै बेरसम्म कसैले उठाएनन्।

गुडिरहेको बसबाट खिचिएको त्यो क्षणको दृश्य यो भिडियोमा हेर्नुस्ः

स्कुटी चालक ती साथीले आफ्नो जुत्ता खोलेर ढलेका साथीलाई सुँघाएको देखिन्छ। प्रहरीले दिएको जानकारी अनुसार ती व्यक्ति छारे रोगका बिरामी हुन्।
विकिपिडियामा छारेरोगबारे लेखिएको छः

छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरू दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ।

यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुने पछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ।

यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरूको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।

The post कलंकीको बीच सडकमा गुडिरहेको स्कुटीका यात्रु खसे [Exclusive Video] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EMFDiH
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top