Photo of Milford Sound in New Zealand

भनिन्छ कि, भगावन श्रीकृष्णका १६ हजार श्रीमती थिए । यसबारेमा कैयौं कथाहरु प्रचलित छन् भने मानिसहरुमा यस विषयमा अझै पनि धेरै जिज्ञासा पनि छन् । आखिर कृष्णकी १६ हजार पत्नी हुनुको पछाडिको रहस्य के हो ?

पौराणिक कथाहरुमा उल्लेख गरिएअनुसार सभैभन्दा पहिले कृष्णले रुक्मणिलाई हरण गरेर उनीसँग विवाह गरेका थिए ।

पौराणिक कथामा उल्लेख गरिएअनुसार एक दिन अर्जुनलाई साथमा लिएर भगवान कृष्ण वनको यात्राका लागि निस्किए । जो वनमा उनी यात्राका लागि निस्किएका थिए त्यही वनमा सूर्य पुत्री कालिन्दी श्रीकृष्णलाई पतिको रुपमा प्राप्त गर्ने कामनासहित तपस्या गरिरहेकी थिइन् । कालिन्दाको मनोकामना पूरा गर्नका लागि कृष्णले उनीसँग विवाह गरे ।

फेरि एक दिन उज्जयिनीकी राजकुमारीलाई स्वयंवरमार्फत पत्नीका रुपमा अपनाए । त्यसपछि कौशलका राजा नग्नदितका सात गोरु (बल्ल)लाई एकसाथ नाथ (नाकमा डोरी) लगाएर उनकी कन्या सत्यासँग विवाह गरे ।

त्यसपछि कृष्णको कैकेयेकी राजकुमारी भद्रासँग विवाह भयो । भद्रदेशकी राजकुमारी लक्ष्मणा पनि कृष्णलाई पति बनाउन चाहन्थिन् । तर उनको परिवार कृष्णसँग विवाह गराउन चाहँदैन थियो । त्यसपछि कृष्णले लक्ष्मणालाई हरण गरेर ल्याए । यस प्रकारले कृष्णका आठ पत्नी भए, रुक्मणि, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा ।

पौराणिक कथामा उल्लेख गरिएअनुसार एक दिन देवराज इन्द्रले भागवान कृष्णलाई बताए कि प्रागज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारबाट देवतागण त्राहि–त्राहि गरिरहेका छन् । कृपया तपाईले हामीलाई बचाउनुहोस् ! इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण अफ्नी प्रिय पत्नी सत्यभामालाई साथमा लिएर गरुडमा सवार हुँदै प्रागज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवान कृष्णले आफ्नी पत्नी सत्यभामाको मद्दतबाट सबैभन्दा पहिले मुर दैत्यसहित मुरका ६ पुत्र, ताम्र, अन्तरिक्ष, श्रवण, विभावसु, नभश्वान र अरुणको वध गरे ।

मुर दैत्यको वध गरिएको समाचार सुनेर भौमासुर आफ्ना सेनापति र दैत्यसका सबै सेनालाई साथमा लिएर युद्धका लागि निक्लिए । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो ।

भगवान श्रीकृष्ण आफ्नी पत्नी सत्यभामालाई सारथी बनाए र घोर युद्धपछि अन्तमा कृष्णले सत्यभामाको मद्दतबाट भौमासुर वध गरे । यस प्रकारले भौमासुरलाई मारेर श्रीकृष्णले उनकै पुत्र भगदत्तलाई अभयदान दिएर प्रागज्योतिषको राजा बनाए ।

भौमासुरले हरण गरेर ल्याएका १६ हजार कन्यालाई श्रीकृष्णले मुक्त गरिदिए । यी सबै अपहरण गरिएका तथा भौमासुरको डरका कारण उनलाई उपहारका रुपमा चढाइएका कन्याहरु थिए ।

सामाजिक मान्यताका अनुसार भौमासुरुले बन्धक बनाएर राखेका ति नारीलाई अपनाउन कुनै पनि व्यक्ति तयार भएनन् । त्यसपछि अन्तमा श्रीकृष्णले सबैलाई आश्रय दिए । र ति सबै कन्याहरुले भगवान कृष्णलाई पतिको रुपमा स्वीकार गरे । विभिन्न पौराणिक ग्रन्थहरुको सहयोगमा

The post कसरी १६ हजार पत्नी बनाए भगवान कृष्णले ? यस्तो छ रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w7li6H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top