Photo of Milford Sound in New Zealand

‘आज मलाई नेपाल आईडलको यो स्थानसम्म ल्याइपुर्‍याइदिनु भयो, यो मेरो लागि एकदम ठूलो उपलब्धि हो, हार जित त जिन्दगीको पाटो नै हो, क्रमिक रूपमा चलिरहन्छ, यस कार्यक्रमबाट मैले धेरै शुभचिन्तक कमाएको छु, राम्रो सांगीतिक जमात पाएको छु, हजुरहरुको माया र साथले मलाई अझै उत्साहित बनाएको छ। म निरन्तर सांगीतिक क्षेत्रमा संघर्षरत रहनेछु, कृपया धैर्य गरिदिनु होला, हजुरहरुको आश भरोसा खेर जान दिने छैन।

देश विदेशमा रहनु भएका सम्पूर्ण मित्र, आफन्तजन्, शुभचिन्तकहरु प्रति मुरी मुरी धन्यबाद, हार्दिक नमन! नेपाल आईडल परिवारप्रति म धेरै नै धन्य छु,आभारी छु #nepalidol #nepalidol2017’

माथिको वाक्यांश एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट ६ बाट बाहिरिएका सुरज थापाको हो।

उनले आफू टप फाइभमा पर्नु अगावै दर्शकको कम भोट पाएर होटल छाडेको तस्बिरसँगै पोष्ट गरेको स्टाटस हो यो।

सानैदेखि संगीतमा रुचि राख्ने सुरज थापा विभिन्न आरोह अवरोहको सामना गर्दै नेपाल आइडलको टप सिक्ससम्मको यात्रा तय गरेका हुन्।

शुक्रबार भएको अन्तिम ६ को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएको आधारमा सुरज आउट भएका हुन् ।

उनी बाहिरिएको घोषणा उद्घोषकले गर्दा निर्णायक मण्डलदेखि प्रतिस्पर्धी र सहभागि भावुक बनेका थिए । माहोल निकै भावुक भएकै क्षणमा सुरजले भने ‘आफू बाहिरिए पनि जितेर गएको जस्तै फिल भएको छ। सहयोग गर्ने सबैप्रति धन्यवाद।’

शुक्रबारको प्रतिस्पर्धामा सुरजसँगै निशान भट्टराई र सुजाता पाण्डे पनि बटम थ्रीमा परेका परेका थिए । तर, उनीहरुको भन्दा कम भोट आएको आधारमा सुरज बाहिरिन पुगेका हुन् ।

राजधानीबाट अडिसन दिएका नेपालगन्जका सुरज थापा बाहिरिएसँगै सामाजिक सञ्जालमा प्रतिभाको उचित मूल्यांकन हुन नसकेको भन्नेसम्मका प्रतिक्रिया आइरहेका छन्। अब नेपाल आइडलको अर्को एपिसोडमा निशान र सुजाताका साथै सागर आले, प्रताप दास र बुद्ध लामाबीच प्रतिस्पर्धा हुनेछ।

दैलेखमा जन्मेका सुरज थापाको परिवार अहिले नेपालगञ्जमा बस्दै आएको छ । २०४३ सालमा बुवा मानबहादुर थापा र आमा दिलमाया थापाबाट जन्मेका सुरज थापा नेपाल आइडलमा आउनुभन्दा पहिले थुप्रै संघर्ष गरेका छन्। आफू भारतीय सेनाको लाहुरे भएकाले सुरजका बुवाको चाहना छोरो पनि लाहुरे बनोस् भन्ने नै थियो ।

तर सुरज सानैदेखि संगीतप्रतिको चाहना र लगावका कारण बुवाको कुरा सुनेनन् । गायन क्षेत्रको भूत चढिसकेका सुरजले त्यसलाई स्वीकार गर्ने कुरै थिएन । गायक बन्ने सपना देखेका उनले भने ‘गायनमा नै भविष्य खोज्न बुवालाई नभनिकनै काठमाडौं आएको थिएँ ।’

काठमाडौंमा बसेर अध्ययन, काम र गीत संगीतलाई एकैसाथ निरन्तरता दिनु सुरजका लागि एकदमै कठिन भयो । उनले अध्ययनलाई छाडेर काम र संगीतलाई निरन्तरता दिए। उनले एक पत्रिकालाई दिएको अन्तर्वार्ता अनुसार उनले कपडा पसलमा काम गर्नेदेखि लिएर झोलामा श्याम्पु राखेर घर घरमा पुगेर बेच्ने काम पनि गरे । उनले आलु चिप्स पनि बेचे । संगीतमा जम्नका लागि उनले साना ठूला सबै काम गरे ।

जब उनले दोहोरीमा हार्मोनियम बजाउने काम पाए, त्यहीँबाट उनले औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरे। हार्मोनियमबाट सुरु गरेको दोहोरी साँझको काममा हल्का फुल्का गाउने पनि गरे । रेस्टुरेन्टमा पनि गाए उनले । तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा २ हुँदै उनी इन्डियन आइडलसम्मको यात्रा गरे ।

सांगीतिक क्षेत्रमा स्थापित हुने चाहनाले उनलाई कहिले काठमाडौं त कहिले मुम्बई पुर्‍यायो । इन्डियन आइडलको तेस्रो चरणसम्म यात्रा गरेका सुरजले हिन्दी गीत पनि मिठो गाउँछन्

साथीभाइको आग्रह र दबाबका कारण सुत्र ब्याण्ड स्थापना गरेका सुरज थापाले क्रन्दन एल्बम बजारमा ल्याए । त्यस एल्बमका सबै गीतहरु लोकप्रिय भए । अझ ‘बहुला हुँ म बहुला’ बोलको गीत एकदमै मन पराइयो। यो गीतको म्युजिक भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ ।

त्यस्तै तस्विर तिम्रो, ए जाने माया पनि दर्शक तथा श्रोताले मन पराए । सुरज थापाले ‘बहुला हुँ म बहुला’ लाई हिन्दीमा ‘राँझा हुँ मे राँझा हुँ’ बोलमा गाए । त्यस्तै तिमी बिना पनि बाँच्न सक्छु बोलको गीत गाएका सुरज आफैंले गीत लेख्ने तथा संगीत भर्ने पनि गर्छन्।

सुत्र ब्याण्डबाट देशका विभिन्न ठाउँमा प्रस्तुति दिएका सुरज विभिन्न समस्याले गर्दा विदेशिन पुगेका थिए । एक वर्ष बहराइनको बसाईपछि नेपाल फर्केका उनले फेरि गीत संगीतलाई निरन्तरता दिएका थिए । नेपाल आइडलको अडिसनदेखि टप सिक्ससम्म पुगेका सुरजलाई संगीतमा लागेर नै माटो र ढुंगाको घरलाई पक्की बनाउने चाहना छ । उनी भन्छन्, ‘पहिले सबैका घर माटो र ढुंगाका थिए । अहिले हाम्रो बाहेक सबैका घर पक्की भइसके । त्यो कच्ची घरलाई पक्की बनाउनु छ र आमाबुवाको आँसु पुछ्नुछ ।’

शुक्रबार नेपाल आइडलका मञ्चबाट बिदाई गर्नुपर्दा निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी भक्कानिएक थिइन् । त्यस्तै अर्का निर्णायक कालीप्रसाद बास्कोटाका आँखा पनि रसाएका थिए । प्रतियोगितामा टप फाइभमा पर्न सफल भए पनि पाँच प्रतियोगी बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, सागर आले र प्रताप दास सुरजलाई बिदाई गर्नु पर्दा निकै नै भावुक भएका थिए ।

सुरजले भने आमाबाबुको सपनालाई लत्याएर आफू यो क्षेत्रमा आएको भएपनि अहिले खुसी बनाउन सकेकोमा सन्तोष व्यक्त गरे । उनले भने, ‘आमाबाबुको सपनालाई लत्याएर म यो क्षेत्रमा लाग्दा उहाँहरु दुःखी हुनुभएको थियो । तर नेपाल आइडलको ४ महिनाको बीचमा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ उनले आफू अन्तिम ६ को प्रतिस्पर्धाबाट बाहिरिन पुगेपनि जितेर गएको जस्तो अनुभूति भएको पनि प्रतिक्रिया दिए।

टप ६ बाट बाहिरिएका सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ।

आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको यात्रा यहाँसम्म पुगेको उनको भनाइ छ। नेपाल आइडल उपाधिका लागि प्रतियोगीहरू जति नजिक आउँदैछन् उनीहरूको चर्चा र लोकप्रियता उत्तिकै बढ्दै छ । यो गायन रियालिटी सो हजारौं युवाको सपना बनेको छ ।

नेपाल आइडलमा अब ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डे, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुद्ध लामा उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्। setopati

The post जाँदा जाँदै सुरजले भने- धैर्य गरिदिनु होला, हजुरहरुको आश र भरोसा खेर जान दिनेछैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xekuu6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top