Photo of Milford Sound in New Zealand

लखनउ : जगन्नाथ पुरीबाट हरिद्वारतर्फ गइरहेको कलिंग उत्‍कल एक्‍सप्रेस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको भने दर्जनौं घाइते भएका छन् । उत्तर प्रदेशको मुजफ्फरनगरको नजिकै खतौलीमा रेलका ५ वटा डिब्बा लिकबाट बाहिर उछिट्टिएका थिए । उत्तर प्रदेशका एडीजी (कानुन व्‍यवस्‍था) आनन्दकुमार श्रीवास्‍तवले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ५० देखि ६० जना घाइते भएको उनले जानकारी दिएका छन् ।

तीमध्ये करिब ४० जना गम्भीर घाइते भएका छन् । दुर्घटनास्‍थलमा ३० वटा एम्बुलेन्स खटाइएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।

रेल राज्‍यमन्त्री मनोज सिन्‍हाले पनि दुर्घटनास्थल पुगेर घाइतेको जानकारी लिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबैखाले सहयोग गराउन निर्देशन दिएका छन् । लिकबाट उछिट्टिएको एउटा डिब्बा घरभित्र छिरेको बताइएको छ । उद्धारकार्यका लागि दिल्लीबाट थप टोली घटनास्थल आइपुगेको छ । स्‍थानीय प्रशासनले ५० जनाको उद्धार गरेको जनाएको छ ।

The post रेल दुर्घटनामा ११ को मृत्यु, दर्जनौँ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wjWhpJ
via IFTTT
19 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top