Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ साउन — शनिवार अमेरिकी एयरलाइन्सको विमान ग्रीसबाट फिलाडेल्फियातर्फ गइरहेको बेलामा यात्रुहरूले डरलाग्दो अनुभव बटुले ।

विमान आन्ध्र महासागरमाथि उडिरहेको बेलामा त्यसमा चर्को झड्का लाग्यो । विमान बेस्सरी हल्लिएका कारण यात्री तथा उनीहरूका सामान चार फीट माथिसम्म उफ्रिए ।

चोट लागेका सात विमान कर्मचारीसहित १० जनालाई अस्पताल नै भर्ना गर्नुप–यो ।

एलेक्स नामक एक व्यक्तिको परिवारले यो विमानको भयानक क्षण अनुभव गरेका थिए । युरोपमा छुट्टी मनाएर घर फर्केका एलेक्सले बताएअनुसार झड्का लाग्नुअघि फ्लाइटमा ड्रिंक सर्भ गरिएको थियो र केही क्षणमै विमान ल्यान्ड पनि गर्दैथियो ।

त्यतिखेरै यात्रुलाई छिट्टै सीट बेल्ट बाँध्न लगाइयो । फ्लाइटको सेफ्टी लाइट पनि अन गरियो । शुरुमा साना झड्का लागेपनि पछि त विमान बेस्सरी हल्लिन पो थाल्यो । सामान पनि यताउता उफ्रिन थाले ।

विमान तीव्र गतिमा तल खसिरहेको जस्तो लाग्थ्यो । एलेक्सका अनुसार एक यात्रु त उफ्रिएर आफ्ना बामाथि खस्न पुगे । ती व्यक्ति घाइते तीन यात्रीमध्ये एक थिए ।

पछि विमानचालकले विमानलाई नियन्त्रणमा राख्दै फिलाडेल्फिया एयरपोर्टमा अवतरण गराए । कुनै दुर्घटना हुन पाएन ।

एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vxfOCc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top