Photo of Milford Sound in New Zealand

सोल: अरु महिलाहरुसंग पनि सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाले दक्षिण कोरियामा आफ्ना प्रेमीको हात नै काटिदिएकी छिन्। प्रेमीसंगै बस्दै आएकी नेपाली महिलाले बेहोस हुने औषधी खुवाएर उनको हात काटिदिएको कोरियन सञ्चारमाध्यमले जनाएका छन्। उनका प्रेमी कुन देशका नागरिक हुन् भन्नेबारे भने प्रहरीले अझै खुलाएको छैन।

आफ्ना प्रेमीले अरु महिलाहरुसंग पनि संगत गर्ने गरेको र निरन्तर कुराकानी गरेको थापा पाएपछि ती दुई बीच झगडा हुँदै आएको खांग जिनगी गी हाम्यांग प्रहरी कार्यालय अनुसन्धान विभाग प्रमुखलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार प्रेमी सुतेको अवस्थामा फोन हेर्दा विभिन्न महिलाहरुसंग म्यासेज आदानप्रदान हुनुका साथै निरन्तर फोन संवाद हुने गरेको थाहा पाएकी थिईन्। त्यसपछि आक्रोशित नेपाली महिलाले उनका प्रेमीले खाने नियमित औषधीमा बेहोस हुने औषधी मिसाएर अपराध गर्ने योजना बनाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

प्रेमीको हात काटेपछि महिला आफैले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन्। मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा प्रहरीले ती महिलालाई फेला पारेको थियो। प्रहरीले घाइते अवस्थामा रहेका पुरुषलाई एम्बुलेन्स मार्फत अस्पताला पुर्याएको थियो। यद्यपी काटिएको हात भने प्रहरीले ६ घन्टा व्यापक खोजतलास गरी भेटाएर अस्पताल पुर्याएको थियो।

अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन्। चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ। अभियुक्त महिला फरार रहेको र प्रहरीले गम्भिर आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउको लागि आदेश दिन अदालतसँग माग गरेको छ । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ufvwSG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top