Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ साउन — एकजना युवतीले प्रेमका लागि अर्बौंको सम्पत्ति त्यागिदिइन् । यी मलेसियाली युवतीको कथा आजकल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एन्जेलिन फ्रान्सिस खू नामक यी युवती मलेसियाका धनी व्यापारी खू के पेङकी छोरी हुन् । खू केको सम्पत्ति करीब १९ अर्ब रुपैयाँ छ ।

एनको बेलायती लाइफस्टाइल एन्ड डिजाइन ब्रान्ड लौरा एश्ले र लग्जरी होटेलहरू कोर्प्स ग्रूपमा ठूलो साझेदारी छ ।
सन् २००७ मा एन्जेलिन एउटा साधारण केटा जेदीदाह फ्रान्सिससँग प्रेममा परिन् ।

एन्जेलिनले आफ्ना बुवालाई यसबारे बताउँदा उनले मन पराएनन् । उनले एन्जेलिनलाई कि अकूत सम्पत्ति रोज, कि ब्वाईफ्रेन्ड रोज भनिन् । एन्जेलिनले प्रेमलाई चुनिन् र अर्बौंको सम्पत्तिलाई त्यागिन् ।

एन्जेलिनाले प्रेमीसँग बिहे गरेर लन्डनमा सेटल भएकी छन् । उनी आफ्नो पिताको व्यापारलाई अघि बढाउन चाहन्थिन् तर पिताको निर्णयका कारण उनको सपना साकार हुन सकेन । तैपनि पिताको मन एकदिन पग्लिएला र उनले आफूलाई अपनाउलान् भनी एन्जेलिन आश गरेर बसेकी छन् ।

एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fiXxCk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top