Photo of Milford Sound in New Zealand

एजेन्सी : मान्छे अर्काको कारणले भन्दा आफ्नै कारणले धेरै दुःखी हुन्छ । जीवनमा दुःखका निम्ति धेरै प्रयास गर्नु नै पर्दैन जति सुखका निम्ति गर्नुपर्छ । अमेरिकाको एउटा अनौठो खबर सार्वजनिक भएको छ । एक युवतीले विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गरेपछि सुहागरातकै दिन प्रहरीको खोरमा बस्नु परेको छ । अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेर खोलमा पुर्याएको हो ।

२५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई प्रहरीले विवाह पहिरनमै मोटरमा राखेर जेल पुर्याएको हो । अमेरिकी सञ्चार माध्यमका अनुसार उनी सुहागरातकै दिन प्रहरी खोरमा पुगेकी हुन् ।

ति महिलाले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ एमएमको पेस्तोल राखेर ट्रिगर दबाएकी थिइन् । संयोग भन्नुपर्छ तेस्तोलमा गोली नभएकाले उनका श्रीमान्लाई केही भएन । उनले तत्काल गोली भरेर हवाई फायर गरेकी थिइन् । दुलहीले नै हवाई फायर गरेपछि विवाह समारोहमा भागदौड नै मच्चिएको थियो ।

प्रहरीका अनुसार नवविवाहित जोडी नसामा रहेको र झगडाका क्रममा गोली चलेको बताएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमा उल्लेख भए अनुसार हवाई फायर गरेपछि उनले पेस्तोल बाथरुममा लुकाउने प्रयास गरेकी थिइन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vmGCVq
via IFTTT
02 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top