Photo of Milford Sound in New Zealand

साउन २८ – अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उत्तर कोरियाले आफ्नो हद नाघेमा त्यसलगतै जवाफी कारवाहीका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको राष्ट्रपति ट्रम्पको भनाई छ । उत्तर कोरियाले गएको बुधबार प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग गुआममा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको थियो । त्यसयता दुई देशबिच तनाव उत्कर्षमा पुगेको छ । दुवै तर्फबाट आक्रमण वा सैन्य कारवाहीका लागि तयार रहेको दाबी आउन थालेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले सुझबुझ नदेखाएमा उसमाथि सैन्य कारवाही हुन सक्ने र अमेरिकी सेना त्यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले सैन्य कारवाही रोक्नका लागि बुद्धिमत्तापूर्ण निर्णय गरेर समझदारी देखाउनेमा आशावादी रहेको ट्रम्पको भनाई छ ।

यसअघि उत्तर कोरियाले अमेरिकाका कारण कोरियाली प्रायद्विप परमाणु युद्धको संघारमा पुगेको आरोप लगाएको थियो । उत्तर कोरियाले एक महिनाको बिचमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि विवाद बढ्दै गएको हो । यस्तै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध पनि लगाएको छ ।

The post उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vrtduB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top