Photo of Milford Sound in New Zealand

काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल ‘गाला राउन्ड’ को ‘टप सेभेन’वाट प्रमिला राई आउट भएकी छिन् । शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा सुजता पाण्डे र प्रताप दास परेका थिए ।

दर्शकको कम भोट पाएका बालाजु, काठमाडौं २२ वर्षीय प्रमिला राईलाई आउट घोषणा गरिएको हो। नेपाल आइडलमा अब बुद्ध लामा, सुरज थापा, प्रताप दास, सागर आले र निशान भट्टराई पुरुष र सुजाता पाण्डे महिला प्रतियोगी रहेका छन्।

सबिन राई, अभया सुब्बा र एड्रियन प्रधानको स्वर मन पराउने प्रमिला राईले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएकी हुन् । पप रक गीत गाउन रुचाउने उनी अंग्रेजी गीतकी सोखिन हुन् ।

आफू संगीतको सोखिन हुनुका साथै कडा मेहनत गरेकाले नेपाल आइडलजस्तो प्रभावशाली प्रतियोगिताको उत्कृष्ट ७ सम्म आइपुगेको उनको भनाइ छ ।
परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास र सुरज थापाको स्वर मन पराउने उनी उत्कृष्ट १८ मा परेका प्रताप लामाको स्वर र गायनशैलीबाट प्रभावित थिइन् ।-Khabartime बाट साभार

The post नेपाल अाइडलबाट प्रमिला राई बाहिरिनुको यस्तो कारण रहेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fzgekY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top