Photo of Milford Sound in New Zealand

कपूर खानदानको जो पनि बलिउडमा पाईला राख्छन् उनीहरु चम्किनु स्वभाबिक हो । यस्तै स्टार थिईन् करिश्मा कपूर । करिश्मा, कपूर खानदानको पहिलो केटी थिईन् जसले बलिउडमा पाईला राखिन् र एकदमै धेरै नाम र पैसा पनि कमाईन् । तर अहिले उनले फिल्म उद्योगबाट बिदा लिईसकिन् भन्दा पनि खासै फरक नपर्ला । केहि समयपहिला उनले अब आफु बलिउडमा काम नगर्ने टिप्पणी पनि दिएकी थिईन् । जबकी बिहेपछि पनि करिश्मा २०१२ मा बनेको फिल्म ‘डेन्जरस इश्क’मा देखिएकी थिईन् । तर फिल्म फ्लप भएपछि उनले कहिल्यै पनि बलिउडमा काम नै गरिनन् ।

करिश्मा मुम्बईमा आफ्नो छोरी समायरा र छोरा कियानको साथमा बस्दैआएकी छिन् । जब करिश्मा र संजय कपूरको डिभोर्स भयो त्यतिबेला बच्चाहरुको लागि भनेर संजयले १४ करोड रुपैँया दिएका थिए । साथै हरेक महिना उनले करिश्मालाई १० लाख रुपैँया दिनुपर्थ्यो । डिभोर्स गरेपछि पाएको पैसाले नै उनले आहिले आफ्ना बच्चाहरुलाई पढाईरहेकी छिन् । तर करिश्मा कसरी पैसा कमाईरहेकी छिन् भन्ने कुरा पनि महत्वका साथ बाहिर आएको छ किनकी पछिल्लो समय उनले कुनैपनि फिल्महरुमा काम गरिरहेकी छैनन् ।

खासमा उनले फिल्म इंडस्ट्री छोडिसकेपछि एक च्यारिटी अर्गनाईजेसन ज्वाईन गरेकी हुन् । जसले महिलाहरुलाई जागरुक बनाउने काम गर्छ । यसको अलावा करिश्मा सलमान खानको ट्रस्ट ‘बिइंग ह्युमन फाउन्डेसन’ सँग पनि जोडिएकी छिन् । यसका साथै करिश्मा केलोग्स, क्रिसेंट लान, एडमिक्स रिटेल, डेनन, स्क्रिन केयर ब्राण्ड गार्नियरको ब्राण्ड एम्बेस्टर पनि हुन् । साथै उनी धेरै डिजाईनरहरुके लागि र्याम्प वाक पनि गर्छिन् । यी सब कामहरुबाट करिश्माको धेरै राम्रो कमाई हुने गरेको छ । उनको हरेक बर्षको जम्मा कमाई ७२ करोड हुने गरेको छ ।

The post बर्षमा ७२ करोड कमाउने करिश्माले डिर्भोस हुदाँ पाएकी थिईन् यति रकम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wowWLl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top