काठमाडौं, ५ भदौ । हास्य कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरीले आफ्नो बुवासहित सबै बुवाहरुप्रति सद्भाव व्यक्त गरेका छन् ।
कुशे औँशी अर्थात बुवाको मुख हेर्नेदिन सोमबार सामाजिक सञ्जालमा आफ्नो पिताको तस्विर पोष्ट गर्दै दीपकले बुवाले सानोमा लठ्ठी, मुक्का, थप्पड हानेर आफूलाई सुधारेको भन्दै धन्यवाद दिएका छन् ।
‘बुबा ख्वाउने दिन…. सानोमा बाले खुब ख्वाउनु भो, लठ्ठी, मुक्का, थप्पड़ त्यसैले अलिकति सुध्रिए …, आज अलिकति मिठाइ ख्वाएर त्यो पिटाइ लाइ धन्यवाद दिँदैछ’, दीपकले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।
The post बुवाको मुख हेर्ने दिन दीपकराजको स्टाटस– बाले खुब ख्वाउनु भो लठ्ठी, मुक्का, थप्पड़ त्यसैले… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2v5PADl
via IFTTT
0 comments:
Post a Comment