Photo of Milford Sound in New Zealand

इलामः गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा सिलिगुडी प्रहरीले आमाको उपचारमा गएका इलामका युवकलाई पक्राउ गरेर अदालतमा उभ्याएको छ।

सोमबार आमाको पेटको उपचारकालागि सिलिगुडी गएका सुर्योदय नगरपालिका-१० फिक्कलका-२७ बर्षीय उदय फागोलाई पक्राउ गरेको दाजु सरन फागोले जानकारी दिएका छन्।

आमाको पेटको उपचार गराउन सिलिगुडीको फेमेली क्लिनीकमा पुगेका फागोलाई सुकुना झडपको एक आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै पक्राउ गरेको उनका आफन्त मिलन फागोले जानकारी दिए।

मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको उनले बताए। पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए।

उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध पुर्‍याएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन्।फागोका काका रमेश फागोले न्यायका लागि पहल गरिदिन आव्हान गरेका छन्।

मंगलबार नै सुकुनाका नितिस क्षेत्रीलाई पनि पक्राउ गरेको छ। उनलाईपनिअदालतमाहाजीर गराइएको छ। नेपालबाटजाने युवाहरुमा सिलिगुडी प्रहरीले निगरानी शुरु गरेको मिलनले बताए।

उदयलाई भेट्न गएकाउनीहरुलाई पनिप्रहरीले निगरानी शुरु गरेपछितत्काल नेपालफर्केको उनले बताए। गोर्खा जनमुक्तिमोर्चाले बुधबार देखि आन्दोलन कडा बनाउने बताएको दुई दिनअघि आन्दोलनमाविदेशीको हात रहेको प्रमाणका लागि नेपालीयुवापक्राउ गरेको खबर म्यागेजिनअनलाईनले टिप्पणी गरेको छ। annapurnapost

The post आमाको उपचारमा गएका नेपाली युवा भारतमा पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vKeWtz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top