Photo of Milford Sound in New Zealand

साउन २० – दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ । पछिल्लो दुई वर्षमा यो टावरमा आगो लागेको दोस्रो पटक हो ।

सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका सामग्रीहरु खसेको छ ।

टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीमा उल्लेख छ । विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन ।

सरकारी मिडिया अफिसले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते भएको खबर नआएको जनाएको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । ​
सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४०औं अग्लो भवन हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावरमा ६७६ फ्ल्याट रहेका छन् । भवनको आठौं तलामा पार्किङ र स्विमिङ पुल रहेको छ । यो भवनमा दुई बेडरुम सहितको फ्ल्याटको मूल्य झण्डै पाँच करोड रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vvNS11
via IFTTT
04 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top