Photo of Milford Sound in New Zealand

भाद्र १, २०७४- एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन् ।

एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए । घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन् ।आजको कान्तिपुरमा खबर छ

बाढीले बेपत्ता निमेषको गत शनिबार जन्मदिन मनाउने तयारी थियो । त्यसका लागि बाबु राजकुमारले तयारी गरिसकेका थिए । तर बाढीले त्यो सबै चकनाचुर पारिदियो । ‘म र भाइ घर भत्केपछि रूख समाएर बाँच्यौं’, कमलाले भनिन्, ‘तर बाबा, आमा र भाइलाई बगाएर लग्यो ।’ दुवै बालबालिका अन्योलमा छन् । ‘घर पनि छैन, बाआमा नि छैनन्, कसरी त्यो ठाउँमा जानु ?’ कमलाले भक्कानिँदै भनिन् ।

कमला र निशान राति सुत्न सक्दैनन् । निशान राति ‘बाआमा, भाइ देखेँ, बाआमालाई घाउ लागेको छ’, भन्दै बर्बराउने गरेको सानीआमा सीतासन्ध्याले सुनाइन् । ‘यी दुई दिदीभाइलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भनिन् । आमा आशाको शव सोमबार मोरङको सुन्दरहरैंचामा बूढीखोलामा फेला परेको थियो । उनको सद्गत गरे पनि काजकिरिया सुरु भएको छैन । राजकुमार र निमेष अझै बेपत्ता छन् । ‘भिनाजु राजकुमार र भतिज निमेषलाई बाढीले बेपत्ता पारेकाले काजकिरिया भएको छैन,’ सीतासन्ध्याले भनिन् । हालसम्म राई परिवारलाई इटहरी उपमहानगरपालिकाले किरिया खर्च १० हजार रुपैयाँ दिएको छ । अरू संघसंस्थाले सामान्य सहयोग गरेका छन् । ‘बाआमा र घर नै नरहेपछि यी दुवैको भविष्य अन्योलमा परेको छ, यिनीहरूलाई कसरी शिक्षा दिनेबारे चिन्ता लागेको छ,’ उनले भनिन्, ‘उनीहरूको पढ्नेलगायत व्यवस्था नभएसम्म मसँगै बस्नेछन् ।’ बालबालिकाकी अर्की सानीआमा सानुमाया राई शुक्रबार बेलुका भिनाजु (हाल बेपत्ता) को घरमा गएकी थिइन् । दिदीका छोरा निमेष (हाल बेपत्ता) को जन्मदिन मनाउन उनी इटहरी गैरीगाउँ गएकी थिइन् । राति बाढी आएपछि बूढीखोलामा बगिन् । ‘अन्तिम समयसम्म बाँच्ने आस गर्नुपर्छ’ भन्ने सुनेकी सानुमायाले बगेर खोलामा पुगे पनि आस मारिनन् । बाढीले बगाउँदै ल्याएका रूख, मुढा समातेर उनी करिब १३ किलोमिटर तलसम्म बग्दै गइन् । रूख समातेर बसेकै अवस्थामा शनिबार उनलाई स्थानीयले उद्धार गरे ।

The post न रहे बाआमा, न रह्यो घर, भाई बर्बराउछ दिदि टोलाइरहन्छिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fNp4f5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top