Photo of Milford Sound in New Zealand

भदौ १ – क्यानडाकी एक महिलाले आफ्नो औँठी हराएको १३ वर्षपछि भेटाएकी छन् । ८४ वर्षकी म्यारी ग्राम्सको हिराको औँठी सन् २००४ मा अल्बर्टामा रहेको फार्म हाउसमा भएको विवाह समारोहमा हराएको थियो । ग्राम्सले औँठी हराएको कुरा आफ्नो छोरा बाहेक कसैलाई भनेकी थिइनन् । तर उनको औँठी १३ वर्षपछि गएको सोमबार करेसामा फेला परेको छ । ग्राम्सकी बुहारी कोलिन डेलीले सोमबार बारीमा लगाएको गाजर निकाल्दा, गाजर मात्रै आएन उनीकी सासुको हराएको हिराको औँठी पनि आयो ।

हिराको औँठी गाजरले लगाएको थियो अर्थात औँठी गाजरको बिच भागमा थियो । १३ वर्षअघि हराएको औँठी हुँदै गाजर उम्रियो र बढ्दै गयो । ग्राम्सले औँठी हराएको कुरा श्रीमानलाई भनेकी थिइनन् । पहिले ग्राम्स बस्दै आएको फार्म हाउसमा अहिले उनकी बुहारी डेली बस्दै आएकी छन् । डेलीले बारीमा लगाएको गाजर निकालेर पखाल्ने क्रममा औँठी देखेकी हुन् । डेलीले श्रीमान् (ग्राम्सका छोरा) लाई औँठी भेटिएको बारे बताइन् । त्यसपछि उनले आमालाई फोन गरेर १३ वर्षअघि हराएको औँठी भेट्टिएको बताए ।

आफूलाई श्रीमानले लगाइदिएको औँठी भेटिएकोमा खुशी रहेकी ग्राम्सलाई औँठी हराएको कुरा श्रीमानलाई नभनेकोमा भने पछुतो लागेको छ । ग्राम्सका श्रीमानको पाँच वर्षअघि निधन भएको थियो । अब आफूले औँठीको जतन गर्ने ग्राम्सले बताएकी छन् ।

हराएको औँठी गाजरमा भेटिएको यो पहिलो घटना भने होइन, सन् २०११ मा एक स्वीडिस महिलाले विवाहका बेला लगाएको औँठी हराएको १६ वर्षपछि गाजरमा भेट्टाएकी थिइन् । ujyaaloonline

The post हिराको औँठी हराएको १३ वर्षपछि गाजरमा भेट्टियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKhPeT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top