Photo of Milford Sound in New Zealand

काठमाडौ :परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतीय राजदूत मञ्जिव सिंह पुरीले सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न थालिएको जानकारी गराएपनि ती स्थानमा ढोका खोलिएको छैन ।

सुनसरी र नेपालगञ्जस्थित सम्वाददाताका अनुसार ती स्थानमा बाँधका थप ढोका खोलिएका छैनन । सप्तकोशीमा ३५ वटा ढोका मात्रै खोलिएको सम्वाददाता रत्न आचार्यले जनाएका छन् । नेपालगञ्जस्थित सम्वाददाता गजेन्द्र बोहोराका अनुसार लक्ष्मणपुर बाँधका थप ढोका पनि खोलिएको छैन ।

राजदूत पुरीले सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी परराष्ट्रमन्त्री महरालाई गराएका थिए । मन्त्री महराले राजदूत पुरीसँग शनिवार मात्रै दुई पटक टेलिफोन गरी सप्तकोशी,लक्ष्मणपुर र गण्डकीसहित सीमा बाँधका ढोका खोलिदिन भारत सरकारलाई अनुरोध गरेका थिए ।

The post भारतले अझै खोलेन सप्तकोसीको ढोका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hUiqVi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top