काठमाडौं: महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ।
बबई नदी अन्तर्गत पर्ने चेपाङमा दुई सय एक, तुलसीपुरमा एक सय ७६, घोराहीमा एक सय ६८, पदमपुरमा एक सय ६८, अम्वापुरमा दुई सय ८५, पश्चिम राप्ती कुसुममा चार सय ३५ मिलिलिटर पानी परेको छ।
यस्तै नारायणी पूर्वी राप्तीमा तीन सय ६५, कन्काई सोक्तिम टिस्टेटमा एक सय ४४ मिलिलिटर पानी परेको जल तथा पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार २४ घण्टामा एक सय ४० मिलिमिटर भन्दा बढी पानी परेमा खतरा मानिन्छ।
यता, बबई नदीकै चेपाङ क्षेत्रमा ६ दशमलव १० मीटर पानीको सतह नाघेपछि उच्च जोखिम बढेको छ। मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेको छ। यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको छ।
देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ रहेको छ। शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
जल तथा मौसम पुर्वनुमान महाशाखा एयरपोर्टका मौसमविद सुवास रिमालका अनुसार मध्य र पुर्वी क्षेत्रमा मनसुन सकृय भएको छ। आइतबारदेखि मध्य र पश्चिम क्षेत्रमा सकृय हुने भए पनि सोमबार देखि मौसम सुधार आउने बताए।
आइतबार देशभर मनसुन सक्रिय भए पनि पुर्वमा कम्जोर हुने तर तुलनात्मक रुपमा मनसुन कम्जोर बन्दै जाने रिमालले बताए। शनिबार यस बर्षकै उच्च पानी परेको छ। सिमरामा दुई सय १७, जनकपुरमा एक सय ३७, दाङा एक सय ६७, नेपालगन्जमा एक सय ६९ मिलिमिटर पानी परेको छ।annapurnapost
The post सोमबारसम्म वर्षा निरन्तर, देशका ८ स्थानमा उच्च जोखिमको साइरन appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uxFBdY
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.