Photo of Milford Sound in New Zealand

यमनमा एक तीन वर्षीया बालिकालाई बलात्कार र हत्या गर्ने एक व्यक्तिलाई सार्वजनिक रुपमा ‘मेसिन गन’ ले उडाइएको छ । मृत्युदण्डको यस्तो भयानक दृश्य हेर्नेमा बालिकाका बुवा याहया अल्मातारी पनि थिए जसले उनको मृत्यु हेर्दा ‘राहत र सन्तुष्ट’ महसुस भएको बताए ।

उनका नजिकका छिमेकी मोहम्मद अल माग्रबीलाई एके–४७ ले उडाएको दृश्य हेर्न उनीसहित हज्जारौं भीड जम्मा भएका थिए ।

४१ वर्षीय मोहम्मदलाई यमनको शरिया कोर्टले छिमेकीको तीन वर्षीया छोरी राना अल्मातारीलाई बलात्कार र हत्या गरेको पुष्टि गरेको हो ।

भयानक मृत्युदण्ड दिएको दृश्य हेरेका बालिकाका बुवाले डेली मेललाई भने, ‘मलाई मेरो पुनर्जन्म भएको जस्तो लाग्यो । त्यो मेरो जीवनको पहिलो दिन जस्तो लाग्यो । मैले अब राहतको महसुस गरिरहेको छु ।’

बालिकाका हत्यारा उनलाई एउटा ‘रग’ माथि सुताइयो र दुबै हात बाँधिएको अवस्थामा पुलिस अधिकारीले एके–४७ मेसिन गनले मृत्युदण्ड दिइयो ।र

यमनको राजधानी सानाका जनतामाझ उनलाई पछाडिबाट पाँच राउन्ड गोली हानियो । उनको तत्काल मृत्यु भयो ।-एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uumzA4
via IFTTT
05 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top