Photo of Milford Sound in New Zealand

पेट दुखेका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गर्दा डाक्टरले अपरेशनका क्रममा प्रयोग गर्ने कैंची भेटिएको छ । डाक्टरले कैंची छोडेको खुलासापछि महिलाको मृत्यु अरु नै कारणबाट भएको भनिरहेका आफन्तहरुले डाक्टरविरुद्ध नै उजुरी दिएका छन् । महिलालाई जलाएपछि उनका अस्तु बटेल्दा त्यहाँ डाक्टरले अपरेशन गर्दा प्रयोग गर्ने कैंची भेटिएको हो ।
भारतको यमुनानगरकी ५२ वर्षकी निर्मला देवी नामकी ती महिला लामो समयदेखि पेट दुख्ने समस्याले ग्रस्त थिइन् । उपचारका लागि एक निजी अस्पतालमा पु¥याइएकी उनको अपरेशन गरिएको थियो । अपरेशन पछि पनि उनको पेट दुख्ने क्रम रोकिएन । पेट दुख्ने समस्यामा डाक्टरहरुले पेनकिलरको सुई लगाइदिने गरेको परिवारले बताएका छन् । पेट दुख्ने समस्या हुँदाहुँदै ती महिलाको मृत्यु भयो । उनको मृत्यु भएपछि परिवारले उनको शव परम्पराअनुसार जलाए । जब परिवार उनको जलेको अरानी (अस्तु) उठाउन गए त्यहाँ डाक्टरको कैंची भेटियो । अहिले परिवारले डाक्टरमाथि अपरेशन गरेपछि कैंची भित्रै छोडेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । भिडियो हेर्नुहोस्

source:dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ubHzw2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top