Photo of Milford Sound in New Zealand

कश्मीर, १९ साउन – भारत प्रशासित कश्मीरमा भारतीय सेनाका एक मेजर र एक जवान मारिएका छन् । सेनाको गाडीमा चरमपन्थीहरुले बुधबार राति अन्धधुन्ध गोली चलाएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको समाचार उल्लेख छ । मृत्यु हुनेमा मेजर कमलेश पांडे र जवान तान्जिन छुल्ठीम छन् ।

दक्षिण कश्मीरको शोपिया भन्ने ठाउँमा पुगेको सैनिक गाडी बन्दुकधारी चरमपन्थीको घेराउमा परेको थियो । प्रहरी अधिकारीका अनुसार बुधबार राति जाएपोरा इलाकामा चरमपन्थी रहेको सूचनाका आधारमा कारबाहीका लागि सैन्य टुकडी उक्त क्षेत्रतर्फ गइरहेको थियो ।

हमलामा सेनाका तीन जवान घाइते भएका छन् । घाइतेहरुलाई सेनाको ९२ बेस अस्पतालमा उपचार गरिदैंछ । त्यस्तै सेना र चरमपन्थी समूहबीच भएको दोहोरो भिडन्तमा दुई चरम्पन्थी मारिएका छन् ।

कश्मीरको कुलगाममा भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको एसएसपी श्रीधर पाटिलले बताएका छन् । मारिनेमा हिजबुल मुजाहिद्दिन नामक आतंककारी संगठनका सदस्य रहेको र उनीहरु विभिन्न घटनामा संलग्न रहेको पाटिलले बताएका छन् । kathmandutoday

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v4y7vG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top