Photo of Milford Sound in New Zealand

गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ले नयाँ रेकर्ड बनाएको छ । गत बर्ष नेपाली इतिहासमा सर्वाधिक कमाउने चलचित्र बनेको ‘छक्का पञ्जा’ले छोटो समयमा युट्युबमा एक करोड भ्यु कमाएको छ ।

नेपाली चलचित्र इतिहासमा यो पहिलो पल्ट हो । दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जाले १०० दिन सम्म दर्शकलाई हल सम्म तानेको थियो ।

दिपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्र छक्का पञ्जाको गीतले पनि १ करोड भ्यु बनाइसकेको छ ।

हाल यहि टिमले छक्का पञ्जा २ निर्माण गरेका छन् । आउदो असोज ११ मा प्रदर्शन तयारी थालेको ‘छक्का पञ्जा २’ को एक गीत सार्वजनिक भइसकेको छ । जुन गीतलाई एक हप्तामै ३० लाख बढिले हेरिसकेका छन् । “हेर्नुहोस भिडियो”

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vv6tKW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top