Photo of Milford Sound in New Zealand

काठमाडौं, १९ साउन — कतारले बुधवार लगभग ६ अर्ब डलर पर्ने सातवटा इटालेली युद्धपोत किन्ने सम्झौता गरेको छ । चार छिमेकी अरब मुलुकहरूसँगको विवादका बीच कतारले यो युद्धपोत किनेको हो ।

दुवै देशका बीचको सैन्य सम्झौताको घोषणा विदेशमन्त्रीहरूले दोहामा गरेका हुन् । कतार संकट घट्ने कुनै लक्षण नदेखिँदा यस्ता कूटनीतिक र आर्थिक कदमहरू चलाइएका छन् ।

केही दिनअघि कतारले साउदी अरब, इजिप्ट र संयुक्त अरब अमिरातसँगको झगडालाई अन्तर्राष्ट्रिय उड्डयन र व्यापार मञ्चहरूसमक्ष पु–याएको थियो ।

सोमवार कतारले विश्व व्यापार संगठनसमक्ष छिमेकीहरूका विरुद्ध उजुरी दर्ता गरेको थियो । छिमेकीहरूले कतारविरुद्ध जल, स्थल र हवाई नाकाबन्दी गरेका छन् ।

द न्यु योर्क टाइम्सबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wclK0T
via IFTTT
03 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top