Photo of Milford Sound in New Zealand

महोत्तरी : रातु पूल भाँसिएको ६ घण्टा नबित्दै पूर्व पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास माइस्थानस्थित जंगा खोलामा रहेको पूल भासिएको छ । बाढीका कारण पुलको पश्चिमतिरको पिलरको सर्पोट भासिएको हो ।
पूर्व पश्चिम राजमार्गमा रातिदेखि नै यात्रुवाहक सवारीसाधनलगायत पूर्णरुपले यातायात बन्द भएको छ । जंगा खोलाको पिलरको सर्पोट भत्केको भागमा मालबाहक ट्रक खसेको छ । ना ५ ख ६६२१३ को ट्रक पूलको सर्पोट भाँचिएको ठाउँमा उत्तानो परेर खसेको हो ।

यातायात अवरुद्व भएपछि यात्रु अलपत्र परेका छन् । महोत्तरीको रातु पोल शनिबार साँझ भाँचिएसँगै पूर्वी नेपालसँग राजधानीलाई जोड्ने मेरुदण्ड मानिएको रात सम्र्पक टुँटेको छ ।

बाढीका कारण सबै सडक अवरुद्व भएको छ । दैनिक उपभोग्य सामाग्री किन्न समस्या भएको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण यहाँकोे जनजीवन कष्टकर बनेको छ ।

SOURCE:-AANNAPURNAPOST

The post जंगा खोलाको पुल पनि भाँसियो, रातिदेखि नै यात्रुवाहक सवारीसाधन पूर्णरुपले बन्द appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vQDW2L
via IFTTT

0 comments:

Post a Comment

add

 
Top