Photo of Milford Sound in New Zealand

लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् ।

पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा जीवहरुको प्रजाति लोप हुँदै छ ।

वैज्ञानिकले जनावरको घट्दो संख्यालाई ‘विश्वव्यापी महामारी’ भनेका छन् । र यसलाई पृथ्वीमा छैटौं महाविनाशको हिस्सा पनि भनिएको छ ।

पहिलेका ५ महाविनाशलाई प्राकृतिक घटना मानिन्छ । तर अबको छैटौं महाविनाशको कारण भने ठूलो संख्यामा जनावरहरुको भौगोलिक हिस्सामा मानवीय कब्जा बढ्नुलाई मानिएको छ ।

मेक्सिको सिटीको विश्वविद्यालयका रिसर्चर गेरार्दो सेबायोशको भनाइ छ कि यो खोज हालका लागि शैक्षिक रिसर्च पेपरका लागि गरिएको हो । अहिले नै यसका बारेमा केही भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

अनुसन्धनका अनुसार जमिनमा रहने सबै स्तनधारी, उभयचर, सरिसृपको ३० प्रतिशत हिस्सा लोप भइसकेको वैज्ञानिकहरुको दावी छ ।

विश्वको धेरै ठाउँमा स्तनधारी जनावरको बासस्थान घट्दै गएका कारण उनीहरुको संख्यामा ७० प्रतिशतसम्म कमी आएको छ । जस्तै विश्वभर चितुवाको संख्या मात्र ७ हजारमा सीमित भएको छ ।

यस्तै अफ्रिकी बाधको संख्या साल १९९३ देखि अहिलेसम्म ४३ प्रतिशले घटेको वैज्ञानिकको भनाइ छ । वैज्ञानिकहरुका अनुसार गएका १०० वर्षमा २०० भन्दा बढी प्रकारका जीवहरु लोप भइसकेका छन् । एजेन्सी

The post पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ve96gj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top