Photo of Milford Sound in New Zealand

भारतर प्रशासित कास्मिर क्षेत्रको लद्दाखमा भारत र चीनका सेनाबीच भिडन्त भए नभएकोबारे आ-आफ्नै दावी भईहरेको बेला त्यसको भिडियो सार्वजनिक भएको छ।

मोबाइलमा खिचिएको उक्त भिडियोमा भारत –चीनका सेनाबीच लगातार ढुंगा हानाहान भइरहेको देखिन्छ। भिडियो भारतीय सेनाका एक जना अवकासप्राप्त रथी प्रकाश कटोचले शनिवार साँझ आफ्नो फेसवुक मार्फत सार्वजनिक गरेका हुन्।

४४ सेकेन्ड लामो उक्त भिडियो क्लिपमा दुबै देशका सेनाले एक–अर्का देशका सेना माथि ढुंगा प्रहार गरेको र केही सेना घाइते भएको देखिन्छ । यद्यपी भारतीय सेनाका एक अधिकारीले भिडियोको आधिकारिता पुष्टी भैनसकेको प्रतिक्रिया दिएका छन्।

लद्दाखको प्याङयोगङ्गमा गत १५ अगष्टमा भिडन्त भएको भारतीय मिडियाले उल्लेख गरेका थिए। त्यसको तीन दिन पछि भारतले घटना भएको शुक्रवार पुष्टी गरेको थियो। भारतीय विदेश मन्त्रालयले प्याङयोगङ्ग किनारमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको पुष्टी गरेको थियो। ‘म निश्चि गर्न चाहान्छु कि अगष्ट १५मा प्याङयोगङ्गमा घटना भएको थियो ….यो घटना दुई पक्षको चाहानामा भएको थिएन,’ विदेश मन्त्रालयका प्रवक्ता रभेस कुमारले भनेका थिए। चीनले भने यसलाई स्विकार गरेको छैन्। बिहिवार चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुवा चुवाङले लद्दाखमा कुनै भिडन्त नभएको र गलत हल्ला नफैलाउन भारतीय मिडियालाई चेतावनी दिएकी थिइन्। हेर्नुहोस भिडियो..

The post भारत–चीनबीच झडप भएको भिडियो सार्वजनिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uVidXH
via IFTTT
20 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top