Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन १८ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाने भएका छन् ।

मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।

यही साउन ४ गते मुटुमा समस्या भएपछि उपचार गराउन उनी नर्भिक अस्पताल पुगेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने बताइएको छ ।

उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू हुनेछन् ।

पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेका हुन् ।

सपरिवार थाइल्याण्ड भ्रमणमा लागेपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन् । imagekhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vtcibD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top