Photo of Milford Sound in New Zealand

हैदराबाद। साउथ सुपरस्टार महेश बाबुले आज आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन् । उनी १९७५ मा चेन्नाइमा जन्मिएका हुन् । उनले ४ वर्षमै चाइल्ड आर्टिस्टको रुपमा फिल्ममा डेब्यू गरेका थिए । १९९० सम्म फिल्ममा काम गरेपछि उनले कलेजको पढाइ पूरा गर्नका लागि केही समय ब्रेक लिएका थिए ।

धेरैलाई थाहा नभएको कुरा हो उनकी श्रीमती नम्रता शिरोडकर महेश बाबुभन्दा ३ वर्ष जेठी छिन् । उनीहरुले ५ वर्षको प्रेम सम्बन्धपछि बिहे गरेका हुन् । नम्रता बलिउड नायिकासमेत हुन् । सन् २००० मा फिल्म बंशीको सुटिङका क्रममा उनीहरुको भेट भएको थियो । फिल्म बंशीमा मुख्य भूमिकामा महेश र नम्रता नै छन् ।

यही फिल्म सुटिङका क्रममा उनीहरुको प्रेम सुरु भएको थियो । नम्रता पूर्व मिस इण्डिया समेत हुन् । उनीहरुले यसको ५ वर्षपछि २००५ मा बिहे गरेका हुन्। उनहिरुका छोरा गौतम कृष्ण र छोरी सितारा छन् । महेशले हिरोको रुपमा फिल्म राजा कुमारुदुबाट डेब्यू गरेका हुन् । यो फिल्ममा उनको अपोजिट रोलमा प्रिटी जिंटा थिइन् । यो फिल्म बक्स अफिसमा सुपरहिट रहेको थियो ।

The post किन गरे महेश बाबुले तीन वर्ष जेठीसँग बिहे ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2viDUQb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top