Photo of Milford Sound in New Zealand

मेरो विवाह भएको १५ वर्ष भयो । हाम्रो प्रेमविवाह हो र हाम्रा दुई सन्तान पनि छन् । हाम्रो यौनसम्बन्ध हुनुअघि मुखमैथुन हुन्छ । त्यस्तो मेरो श्रीमान्को बढी चाहनाले गर्दा हुन्छ । मुखमैथुन नगरी सम्भोग गर्‍यो भने मेरो श्रीमान्को चित्त बुझ्दैन । म श्रीमान्को खुसीका लागि पनि मुखमैथुन गर्छु । यसबाट कुनै समस्या सिर्जना हुन्छ कि ? यो कुनै रोग हो ?
+NP

– डा. राजेन्द्र भद्रा

प्रेमविवाहपछि यसरी लामो समयसम्म सन्तान सुख र यौनसुख प्राप्ति गरिरहनुभएको कुराले हर्षित तुल्याएको छ । तपाईंले श्रीमान्को चाहनाले मुखमैथुन गर्नुभएको सन्दर्भले पनि तपाईंहरू बीचमा यौनका विषयमा खुलेर कुराकानी हुन्छ भन्ने बुझिन्छ । तपार्इंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मुखमैथुन के हो चर्चा गरौं ।

मुखमैथुन (oral sex) के हो ?
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ । कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । कतिपयलाई यो पश्चिमा संस्कृतिको प्रभाव हो भन्ने लाग्ला, तर यो पूर्वीय समाजमा पनि थियो भन्ने कुरा बिर्सनु हुँदैन ।

कामसूत्रमा ऋषि वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाममा वर्गीकृत गरेका छन् । ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बलिएजस्तै गरेर लिङ्गको चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) ।
यो पनि पढ्नुहोस् – सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?

यद्यपि मुखमैथुन लिङ्ग र मुखमा मात्र सीमित छैन । वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग–मुख मैथुन, २. योनि–मुख मैथुन, ३. गुद्द्वार–मुख मैथुन सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुनलाई अंग्रेजीमा Cunnilingus र योनि–मुख मैथुनलाई ऋगललष्ष्लिनगक भनिन्छ भने गुद्द्वार–मुख मैथुनलाई ब्लष्ष्लिनगक भनिन्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुन सक्छ भने योनि–मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुन सक्छ । तपाईंहरूको बीचमा के–कस्तो मुखमैथुन हुन्छ भन्ने स्पष्ट छैन, तर श्रीमान्को लिङ्ग र तपाईंको मुख भएको अनुमान गर्न भने सकिन्छ ।

के पछि कुनै असर गर्ला ?
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि गएर यसले कुनै हानि गर्छ कि भन्ने आशंका धेरैमा पाइन्छ । स्वस्थ व्यक्तिबीचको मुखमैथुनलाई असुरक्षित मानिँदैन । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसले आफैंमा कुनै हानि वा खराबी गर्ने होइन । त्यसैले यस्तो वीर्य वा योनिरस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन । तपाईको श्रीमान्लाईलाई मुख–मैथुन मन पर्ने भएकाले उहाँले त्यसको भरपूर आनन्द लिनुभएको देखिन्छ तर तपाईंलाई भने केही असजिलो भएजस्तो बुझिन्छ । यसमा तपार्इं सहज रूपमा संलग्न हुन सक्नुभए कुनै हानि गर्दैन ।
यो पनि पढ्नुहोस् – महिलाको यौनांग तथा प्रजनन अंग बारे केहि जानकारी

तपाईंहरू दुवैमा कुनै रोग भएको कुरा पत्रमा उल्लेख छैन, यस अर्थमा तपाईंहरू स्वस्थ हुनुहुन्छ । स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । यदि यौनरोगहरू छन् भने कुरा अर्कै हो । सामान्य लिङ्ग–योनि यौनसम्पर्कजस्तै रोग सर्ने कुरा यसमा पनि लागू हुन्छ । यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यौनरोग लागेको अथवा यौनरोग लागेको शंका मात्र छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । अहिले मुखमैथुनका लागि नै भनेर कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र मुखमा वीर्य स्खलन भएको स्थितिमा जोखिम बढ्ने कुराको हेक्का राख्नुपर्छ ।

कतै करले मुखमैथुन गर्नुपरेको हो कि ?
यौनसम्पर्क संलग्न दुवै व्यक्तिको सहमतिमा हुनुपर्ने कुरा हो । कर गर्नु वा दबाब दिनु सुखमय यौनसम्बन्धका लागि उचित हुँदैन । तपाईंले कर वा दबाबको कुरा गर्नुभएको छैन, तर तपाईंले श्रीमान्को खुसीका लागि भन्नुभएको छ । यसले तपार्इंमा यसप्रति कि त रुचि छैन अथवा कुनै किसिमको असजिलो छ भन्ने प्रस्ट हुन्छ । कतिपय व्यक्तिमा मुखमैथुनप्रति रुचि नहुन सक्छ । दबाबमा वा जबरजस्ती यस्तो मुखमैथुन गर्ने वा योनिरस वा वीर्य निल्ने दबाब दिनु भने मनासिब होइन । कसै–कसैलाई योनिरस वा वीर्यको स्वाद, गन्ध आदि मन नपर्न सक्छ । यस्तो स्थिति क्षणिक रूपमा वाकवाक लाग्न सक्छ ।
यो पनि पढ्नुहोस् – शीघ्र स्खलनको समस्या र समाधान: धेरै बेरसम्म यौनसम्पर्क गर्न सक्दिनँ

मुखमैथुनका लागि अर्को महत्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहोर अङ्गका रूपमा लिन्छौं । मुखमैथुनबाट कुनै हानि हुँदैन र यो एक किसिमले स्वस्थ यौन क्रियाकलाप हो । तपाईं यसप्रति सहज हुन सक्नुभयो भने दुवैले भरपुर आनन्द लिन सक्नुहुन्छ, तर यदि यी सबै कुराका बाबजुद तपाईंलाई मुखमैथुनमा संलग्न हुन मन लाग्दैन भने तपाईंले श्रीमानलाई राम्रोसँग भन्नुहोस् । आशा गर्छु, उहाँले तपाईंको कुरा बुझ्नु नै हुनेछ । यसरी समझदारीमा यौन जीवन अघि बढाउन सकियो भने पक्कै नै भावी यौन जीवनमा कुनै असजिलो नआउला । – डा. राजेन्द्र भद्रा

(ekanipur saptahik बाट साभार गरिएको)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uyy5dT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top