Photo of Milford Sound in New Zealand

काठमाडौ : ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ । खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर वस्ती घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि वस्तीलाई गोली लागेको अवस्थामा भेटिएको छ ।

स्रोतका अनुसार खत्री आफनै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए । खत्रीलाई प्रहरीले लखेटेको थियो । ‘अन्त्यमा खत्री आफैले आफनै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’प्रहरीले भनेको छ । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले अस्पतालबाट खत्रीको मृत्यु भइसकेको जानकारी आफूले पाएको बताए । source:annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hAQCEZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top