Photo of Milford Sound in New Zealand

रुकुम, २३ साउन । झाडापखालाका कारण रुकुममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–११ का १९ वर्षीय गोविन्द केसी रहेका छन् ।

उपचारका क्रममा उनको चौरजहारी अस्पतलामा आज दिउँसो करिब १२ः०० बजे मृत्यु भएको हो । झाडापखाला सुरु भएको तीन घण्टामै उनको मृत्यु भएको बताइएको छ ।

कामको सिलसिलामा चौरजहारी–३ मा रहेका केसीलाई अत्यधिक झाडापखाला भएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको १० मिनेट नहुँदा केसीको मृत्यु भएको अस्पतालका डा कालीबहादुर बुढाले जानकारी दिनुभयो ।

‘अस्पताल पु¥याउँदा केसीको होस गुमिसकेको थियो’ डा बुढाले भन्नुभयो– ‘झाडापखालासँगै उनलाई रक्तश्राव पनि भएको हुनसक्छ ।’

अस्पतालका मेडिकल अधिकृत डा सुशील पोखरेलले यसबारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2veCJQd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top