Photo of Milford Sound in New Zealand

भरतपुर, २० साउन– चितवनको भरतपुर महानगरपालिका–१९ मा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ ।
भरतपुर–१९ मा सर्वोच्चको आदेशपछि शुक्रबार पुनः मतदान भएको हो ।

भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्धर्पामा छन् । रेणुलाई सत्तारुढ काँग्रेसले समेत समर्थन गरेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका बेला मत भने अघिल्लो निर्वाचनको चुलनामा कम खसेको हो । यसअघि ३१ वैशाखमा भएको निर्वाचनमा उक्त वडामा २ हजार ८ ९७ मत खसेको थियो । चितवनका पत्रकार सुरेशचन्द्र अधिकारीले अघिल्लो निर्वाचनको चुलनामा यसपटक २ सय मत कम खसेको बताए । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले कति मत खसेको भन्नेबारे बताइसकेको छैन । भरतपुर–१९ मा ६ वटा मतदान केन्द्रमा शुक्रबार मतदान भएको थियो ।

शुक्रबार भएको वढडा नम्बर–१९ र २० नम्बर वडाको मतगणना बाँकी हुँदा ज्ञवाली दाहालभन्दा ७ सय ३३ मतले अगाडि छन् । कम मत खस्दा देवीलाई भन्दा रेणुलाई बढी घाटा छ । कारण, उक्त वडा काँग्रेस मतदाताको संख्या अधिक भएको क्षेत्र हो । एमाले नेता कृष्णभक्त पोखरेल नै उक्त वडामा ७० प्रतिशतभन्दा बढी मतदाता काँग्रेस समर्थक रहेको स्वीकार गर्छन् । मतको अनुपातलाई आधार मान्ने हो भने दुई सय मत नखस्दा देवीको भन्दा रेणुकै मत कम खसेको हुन आउँछ । एमालेले भने आफ्ना मतदातालाई घरघरमै गएर गाडी, मोटरसाइकल र साइकलमा पनि ओसारेको थियो । माओवादी र काँग्रेसले भने आफ्ना मतदातालाई मतदान स्थलमा ल्याउन एमाले जसरी सक्रियता नदेखाएको अधिकारीले बताए ।

यद्यपि आफूहरुले जित्ने दाबी माओवादीले गरेको छ । निर्वाचनमा खटिएका माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष आरसी अधिकारीले रेणु ३ सयभन्दा बढी मतले विजयी हुने दाबी गरे । एमालेले पनि आफूले जित्ने दाबी गरेको छ ।
भरतपुर–१९ मा तीन हजार ७ सय ९७ मतदाता छन् । यसैबीच निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलबीच सहमति गरी आजैबाट मतगणना सुरु गर्ने बताएको छ । kathmandutoday

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vwJfDW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top