Photo of Milford Sound in New Zealand

धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ । त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले मनाही गरेको छ ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् ।

मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् । जो यस प्रकार छन्ः

भोजन गर्नु

मनु संहितामा लेखिएको छ,
चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।

यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन ।

सहवास गर्नु

मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) गर्नु हुँदैन ।

साँझपख सुत्नु

मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु

मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ । lokaantar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2feIl99
via IFTTT

0 comments:

Post a Comment

add

 
Top