Photo of Milford Sound in New Zealand

डन, अपराधीजस्ता शब्द सुन्ने बितिकै सबैभन्दा पहिले पुरुषको स्मरण हुन्छ । यस्ता कयौं डनहरुको बारेमा चर्चा हुने गरेको छ ।

तर, अपराधको संसारमा केही महिला यस्ती छन्, जसको दबदबा पुरुष ग्याङस्टारभन्दा कम छैन् । उनीहरु अपराध दुनियाँबाट अथाहा सम्पत्ति पनि कमाका छन् ।

यस्ता केही ग्याङस्टार महिलाहरु छन् जो आफ्नो ग्ल्यामरका कारण पनि चर्चामा छन् । न्युजवन डटकम, रिचेष्टडटकम, इनसाइड डटकमका आधारमा आफ्नो समयमा सबैभन्दा प्रभाशाली ग्याङ लिडर महिलाहरुः

यिनी मेक्सिकोकी लोकप्रिय ड्रग माफिया हुन् । ड्रगको अवैध आयात निर्यातका साथै उनीमाथि अवैध हतियार ओसार—पसार गरेको आरोप पनि छ ।

सान्ड्राले दुई पटक विवाह गरिन् तर दुवै पटक उनका पतिको हत्या भयो । उनका दुवै पति पनि आफ्नो समयका प्रख्यात ड्रग माफिया थिए ।

यिनका छोराको पनि अपहरण भएको थियो, जसलाई छुटाउनका लागि उनले ३३ करोड अपहरणकारीलाई बुझाएकी थिइन । अपराध सावित भएपछि उनी हाल जेलमा छिन् ।

२. क्लाउडिया ओछाओ फेलिक्स

क्लाउडियालाई मेक्सिकोमा संस्थागत अपराधकी किम कार्दयाशयनी भनिन्छ । उनी आफ्नो ग्ल्यामरका लागि पनि उतिकै लोकप्रिय छन् जति क्राइम संसारमा भएका कारण छन् ।

क्लाउडियालाई एन्ट्राक्स समूहकी लिडरका रुपमा चिनिन्छ, जो मेक्सिकोको सर्वाधिक खतरानाक अपराध समूहमध्ये एक हो । यस समूहमाथि सयौं हत्याका आरोपहरु छन् ।

पैसा लिएर अपराध गर्नुका साथै नशालु पदार्थहरुको तस्करी पनि यो ग्याङको मुख्य पेशा हो । क्लाउडिया सोसल मिडियामा पनि अक्सर चर्चामा रहन्छिन् । उनका लाखौं फलोवर्सहरु छन् ।

उनी ३ बच्चाकी आमा हुन् तर पनि आफ्नो सुन्दरताका कारण चर्चित रहेकी छन् । यिनको नाम मेक्सिकाका मिलिनियरहरुको क्लबमा सामेल छ ।

३. लिसेट ली

लिसेट ली दक्षिण कोरियाकी ड्रग डिलर हुन् । उनी लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहिन् र त्यहाँ उनको परिचय कयौं अपराधीहरुसँग भयो ।

ली सन् २०१०मा इन्फोर्समेण्ट एडमिनिष्ट्रेशनद्वारा करिब ३.५ करोड नशालु पदार्थसँगै पक्राउ परेकी थिइन । उनलाई ६ वर्षका लागि जेल चलान गरिएको छ । उनीसँग ३ करोड बढी सम्पत्ति भएको अनुमान छ ।
४. ग्रिसेल्डा ब्लैक, कोलम्बिया

संसारका टप सम्पत्तिवाला ग्याङस्टारहरुको लिष्टमा एकमात्र महिला ग्याङस्टार डन ग्रीसेल्डा ब्लैक पर्ने गरेकी छिन् । ‘कोकिन क्वीन’को नामले प्रख्यात उनको सम्पत्ति १३ सय करोड रुपैयाँ रहेको बताइन्छ ।

एनले कोकिनको तस्करी साउथ अमेरिकाका साथै संसारका अन्य कयौं देशहरुमा पनि गर्छिन् । ग्रीसेल्डाको सन् २०१२ मा ६८ वर्षको उमेरमा मृत्यु भइसकेको छ ।

५. अना ग्रिस्टिना, अमेरिका

अना सन् २०१२ मा चर्चित बनिन्, जब उनलाई हाइ क्लास सेक्स ¥याकेटमा संलग्न भएको आरोपमा पक्राउ गरियो ।

उनले आफ्नो र्याकेटमा प्लेब्वाइ र पेन्टाहाउसका मोडलहरुलाई संलग्न गरेकी थिइन । उनले सेक्स र्याकेटबाट करिब १०० करोड रुपैयाँ कमाएको मानिन्छ ।

६. थेल्मा राइट, अमेरिका

थेल्मा राइट फिलाडेल्फियाकी सबैभन्दा ठूली ड्रग डिलर जैकर राइटकी श्रीमती हुन् । पतिको सन् १९८६ मा हत्या भएपछि थेल्माले उनको पूरै कारोबार आफ्नो हातमा लिइन ।

विस्तारै—विस्तारै ड्रग्स सप्लाइमा उनको सबैभन्दा ठूलो नामका रुपमा चर्चा सुरु भयो । एक समय उनको महिनाको कमाइ २.५ करोड रुपैयाँ हुन्थ्यो ।

७. लियोना मिन्डी रोबट्र्स हेमस्ले, अमेरिका

लियोना अमेरिकी प्रख्यात विजनेश वुमन थिइन । उनीमाथि ट्याक्स छलीसहित अन्य कयौं क्रिमिनल क्रियाकलापमा संलग्न भएको आरोप लाग्यो ।

उनको रियल स्टेटको विजनेश थियो । उनले आफ्ना पति हैरी हेमस्लेसँग मिलेर रियल स्टेटको एम्पायर खडा गरेकी थिइन ।

दुवै जना मिलेर अमेरिकामा २३ होटलको चेन खडा गरेर प्रख्यात होटल ब्यवसायीको लिष्टमा समेत सामेल भए । लियोना अपराधीक क्रियाकलापमा संलग्न रहेका कारण १६ वर्षको जेल सजाय भयो । तर, उनी १९ महिनामै रिहा गरियो ।

सन् २००७ मा हार्ट फेलियर भएपछि उनको मृत्यु भयो । यिनीसँग ८ सय करोड डलरको सम्पत्ति रहेको मानिन्छ ।

८. रोसेट कुटुलो, इटली

रोसेट कुटुलो इटलीकी प्रभावशाली क्राइम बोस राफेलकी बहिनी हुन् । राफेल बढी समय जेलमा रहनु परेका कारण उनको पूरा कारोबार रोसेटको हातमा रह्यो ।
सन् १९८० ताका रोसेटको आम्दानी करोडौं थियो । सन् १९९३ मा उनी जेल परिन् ।

The post यी हुन् संसारकै सबैभन्दा खतरनाक ८ महिला डन जसले ठुला ठुला पुरुषलाई पनि तह लगाउँछन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vFq2jZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top