Photo of Milford Sound in New Zealand

प्रहरी ‘इन्काउन्टर’ मा लागूऔषध कारोबारी प्रविण खत्रीको सोमबार मृत्यु भएको छ । उनको कन्चटमा गोली लागेको प्रहरीले बताएको छ । ललितपुरको कुसुन्तीस्थित घरमा खत्रीलाई पक्राउ गर्न पुगेको महानगरीय अपराध महाशाखाको टोलीलाई खत्रीले गोली चलाएको प्रहरीको दाबी छ ।

तर, खत्री प्रहरीकै गोलीबाट मारिएको भन्ने प्रहरीले पुष्टि गरेको छैन । खत्रीको गतिविधि निगरानी गरिरहेको टोलीको झन्डै डेढ घण्टा घरबाहिर नै बिताएको थियो । प्रहरीका अनुसार घरको छतबाट हामफालेर भाग्नुअघि खत्रीले दुई हातमा दुइटा रिभल्वर बोकेका थिए ।

महाशाखाका अनुसार गोली हान्दै भाग्न खोजेका खत्रीलाई प्रहरीले पनि दुई राउन्ड गोली हानेको थियो । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले हानेको गोलीले उनको मृत्यु भएको हो कि आफंैले बोकेको रिभल्वर पडकिएर गोली लागी मृत्यु भएको हो अनुसन्धानपछि मात्रै खुल्ने बताए ।
झन्डै दस वर्षयता खत्री ललितपुर क्षेत्रमा लागूऔषध ब्राउन सुगर र हेरोइनको कारोबारमा संलग्न रहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार यसअघि पक्राउ हुन लागेक बेला खत्रीले आफ्नी छोरीको घाँटीमा पेस्तोल तेस्र्याएर उम्केका थिए । महाशाखाका प्रमुख एसएसपी अमात्यले खत्रीलाई लामो समयदेखि निगरानीमा राखिएको बताए । पक्राउ पर्नु अघिसम्म महाशाखा टोलीलाई उनीसँग दुइटा हतियार रहेको बारे थाहा नभएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी परिसर ललितपुर र महाशाखाले घटनाबारे फरकफरक तथ्य बताउनाले घटना सन्देहको घेरामा तानिएको छ । घटनालगत्तै महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले खत्रीले आफंैले कन्चटमा गोली हानेर आत्महत्या गरेको दाबी गरेका थिए ।

तर, महाशाखा प्रमुख एसएसपी अमात्यले दोहोरो गोली हानाहान भएको बताए । गोली लागेर घाइते भएका खत्रीलाई प्रहरीले नै पाटन अस्पताल पुर्‍याएको थियो । खत्रीको मृत्युको घोषणा अस्पतालमै भएको थियो । खत्रीलाई अस्पताल पुर्‍याएपछि प्रहरीले कोठा सर्च गरेको थियो । प्रहरीका अनुसार उनको कोठामा लागूऔषध भेटिएन बरु लागूऔषध प्रयोग गर्न आवश्यक पर्ने सामग्रीहरू भेटियो । प्रहरीले खत्रीबाट बरामद गरेका दुई पेस्तोल अटोमेटिक हुन् । एकचोटि दस वटासम्म गोली लोड गर्न मिल्ने यस्तो पेस्तोल उनले कहाँबाट कसरी हात पारे भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

को हुन् खत्री ?
ललितपुर कुसुन्तीका स्थायी बासिन्दा खत्री लामो समयदेखि लागूऔषध प्रयोगकर्ता थिए । प्रहरीका अनुसार उनी कडा खालको लागूऔषध मेथाडोनदेखि सुईमार्फत प्रयोग हुने लागूऔषधका ‘अम्मली’ थिए । लागूऔषध नियन्त्रण ब्युरोले खत्रीलाई गत वर्ष असोज १ गते पक्राउ गरेको थियो । पक्राउ परेर केही दिन थुनामा बसेका खत्री उपचारका निम्ति छुटेका थिए । प्रहरीका अनुसार लागूऔषध कारोबारीका रूपमाभन्दा प्रयोगकर्ताका अभियोगमा उनी त्यति बेला पक्राउ परेका थिए ।

सम्पन्न परिवारका खत्री दुईपटक लागूऔषधको लत छुटाउन भन्दै पुनस्र्थापना केन्द्र बसेका थिए । पछिल्लोपटक पुनस्र्थापना केन्द्रमा बस्दा सिसाको झ्याल फुटाएर भाग्ने प्रयास गरेका थिए । सिसा फुटाउने क्रममा सिसाको टुक्रा नै निलेपछि उनको फोक्सोमा थिग्रिएको सिसाको टुक्रा अप्रेसन गरेर निकाल्नुपरेको थियो । उनले आफ्नै प्रयोगका लागि पैसा जुटाउन सानो परिणाममा लागूऔषधको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

लागूऔषध सहित ४ पक्राउ
काठमाडौं (कास)– दुई महिलासहित तीन जनालाई प्रहरीले लागूऔषधसहित आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखमूल डेरा गरी बस्ने दाङकी ३२ वर्षीया पार्वती धिताल, चितवनकी २० वर्षीया मेलिना भण्डारी र ललितपुरका ३४ वर्षीय सुदिन श्रेष्ठ छन् ।

धितालको घरमा खानतलासी गर्दा फेनारगन ६ सय एम्पुल, नुर्फिन ४ सय ८० एम्पुल र फेनारगन ६ सय एम्पुल बरामद भएको थियो । त्यसैगरी धादिङबाट काठमाडौं आइरहेको बा३ख ४९८५ नम्बरको बसबाट नागढुंगामा चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइरहेको गाँजासहित एक जना पक्राउ परेका छन् । गोंगबु घर भएका २८ वर्षीय पुरन कुँवर १ केजी २ सय ३० ग्राम गाँजासहित आइतबार पक्राउ परेका हुन् ।

ekantipur

The post प्रहरीको ‘इन्काउन्टर’ मा मृत्यु भएका खत्रीको परिवारको हालत यस्तो – घटना शंकास्पद बन्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wvhPfH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top